५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एकै सिजनमा एक लाख ८० हजार भन्दा बढीको तरकारी बेच्दै सुन्तली शाही

८ जेष्ठ २०७४, सोमबार ०३:०८

कमल रावल | जेठ ८, अछाम | सुन्तली शाहीले आफूले एक सिजनमा जिल्ला बाट गएको सरोकारवालाको एक टोलीले कमलबजार नगरपालीका वडा न ६ बिरपथ नौघाटे टोलमा लगाईएको तरकारी खेतीको अनुगमन गरेको छ । टोलीले जिल्ला कृषि विकास कार्यालय अछाम, रुडेक नेपाल र हेल्भेटास नेपालको साझेदारीमा संञ्चालीत कृषी समूहले गरेका क्रियाकलापको अनुगम गरेको हो । 


अनुगमनका क्रममा कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका पाईएको छ । साविकको विरपथ गाविस वडा न ६ नौघाटे टोल निवासी सुन्तली शाहीले आफूले एक सिजनमा एक लाख ८० हजार भन्दा बढीको तरकारी बेच्ने गरेको अनुगमन टोलीलाई जानकारी दिनु भएको छ । 

आफ्नो घर वरिपरिको २५ रोपनी जग्गामा आलुखेती गरेको र यसै खेतीबाट आफ्नो घर खर्च चलायर एकलाख भन्दा बढी बर्षमा बचत गर्ने गरेको बताउनुु भयो । गत बर्ष देखी तरकारी खेती सुरु गरेको र अन्य खेती भन्दा तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको शाहीले बताउनुभयो । आफूले बारीमा पर्याप्त मात्रामा तरकारी फलाएपनी  बजारको समस्या हुदा कहा लीयर बेच्ने हो भन्ने चीन्ताले सताएको शाहीले गुनासो गर्नु भएको छ ।  उहाले तरकारीको उचित भण्डारणको लागी संकलन केन्द्रको व्यावस्था गरिदिन सम्बन्धीत निकायलाई अनुरोध गर्नु भएको छ । आफूले बजार बाट किनेको कुनैपनी बिषादी तरकारी खेतीमा प्रयोग नगरेको समेत जानकारी दिनुभयो । सोही ठाउ निवासी कलम बहादुर शाहीले पनी बर्षमा एकलाख ५० हजार भन्दा बढीको तरकारी बेच्ने गर्नु भएको छ । शाहीले २० रोपनी जग्गामा आलुखेती गर्नु भएको अनुगमन टोलीलाई जानकारी गराउनुभयो । 

अनुगमन पछि भएको औपचारीक कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय अछामका प्रमुख बिष्णुहरि सापकोटाले नौघाटेका कृषकले गरेका कामको प्रशंसागर्दै सबै कृषक यसरी नै व्यावसायी बने समाजको गरिबी हटेर जाने बताउनु भएको छ । प्रमुख सापकोटाले यस्ता कार्यको सबैले सिको गनुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डक्टर बेदप्रकास भट्टले यस्ता मेहनती कृषकलाई सबैले हौसाल प्रदान गर्नुपर्ने भन्दै कृषकको क्षेत्रमा आउने अनुदानको रकम यस्ता बास्तविक कृषकले पाउनुपर्नेमा जोड दिनु भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता