जेठ २७, कञ्चनपुर । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ ।

पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, कञ्चनपुर । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ ।

पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थान"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महामारीजन्य रोगबाट जोगाउन बाख्रालाई पिपिआर खोप

२०७४, २७ जेष्ठ शनिबार ११:२३


जेठ २७, कञ्चनपुर । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ ।

पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो ।

पिपिआर (बाख्रामा लाग्ने हैजा) रोगको सम्भावित जोखिमबाट जोगाउनका लागि सघन रुपमा जिल्लाभरी अभियान सञ्चालन गरेर खोप लगाइएको पशुसेवा कार्यालय कञ्चनपुरका पशु चिकित्सक हरिदेव भट्टले बताए ।

पशुको बढी आवतजावत हुने क्षेत्रका रुपमा रहेका राजमार्ग, नेपाल भारत सीमा क्षेत्र र निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले पालेका बाख्रालाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

निकुञ्जका जनावरबाट घरपालुवा जनावर र घरपालुवा जनावरबाट निकुञ्जका जनावरमा पिपिआर रोग सर्न नदिनका लागि मध्यवर्ती क्षेत्रका किसानले पालेका बाख्रामा खोप लगाउने कार्यलाई प्राथमिकता दिइको छ, पशु चिकित्सक भट्टले भने, “नेपाल भारत क्षेत्रमा हुने बाख्राको ओसारपसारको कार्यलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा समेत सघन रुपमा खोप लगाउने कार्य गरिएको छ ।”

पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ । यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गरेको छ । पशुसेवा कार्यालयले विगत आठ वर्षदेखि यहाँ निरन्तर रुपमा पिपिआर खोप निःशुल्क रुपमा लगाउँदै आएको छ ।

यसैगरी, पशुसेवा कार्यालय कञ्चनपुरले खोरेत रोगबाट खुरफट्टा जनावरलाई जोगाउनका लागि एफएमडि खोप लगाउनका लागिसमेत योजना तयार गरेको छ । ५० हजार पशुलाई एफएमडी खोप लगाउने कार्य अगाडि बढाइएको पशु चिकित्सक भट्टले जानकारी दिए ।

तरकारी सङ्कलन केन्द्र स्थापना

स्थानीय तरकारी उत्पादकलाई सहजता प्रदान गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

गाउँघरमा उत्पादन गरिएको ताजा तरकारीलाई सहज रुपमा खरिद बिक्री गर्न नवकिरण बचत तथा ऋण सहकारी संस्था झलारीले कृषि उपज बिक्री तथा सङ्कलन केन्द्रको स्थापना गरेको हो ।

तरकारी सङ्कलन केन्द्रले कृषकले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारीलाई सहजरुपमा खरिद बिक्री कार्यलाई अगाडि बढाउँदा यहाँका किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

सङ्कलन केन्द्रले गाउँघरबाट उत्पादित ताजा, विषादीरहित तरकारी दैनिक रुपमा खरिद बिक्री गरिरहेको सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले बताए । सहकारीले सङ्कलन केन्द्रमार्फत दैनिक दस क्वीन्टलभन्दा बढी तरकारीको खरिद बिक्री हुने गरेको छ ।

केन्द्र स्थापना भएपछि तरकारी टोकरीमा बोकेर घरघर डुलेर बेच्नुपर्ने बाध्यताबाट मुक्ति पाइएकोे तरकारी उत्पादक कृषक सारती चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु