शंकर के सी । असार ११, सल्यान | खेतबारिमा परिश्रम पोखेर मिहेनतले फलाएको तरकारि । घरबाट भाडा तिरेर गाडीमा बोकाएर बजार सम्म ल्याउंदा तरकारि नविकेर त्यत्तिकै फाल्नुपर्दा कुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी । असार ११, सल्यान | खेतबारिमा परिश्रम पोखेर मिहेनतले फलाएको तरकारि । घरबाट भाडा तिरेर गाडीमा बोकाएर बजार सम्म ल्याउंदा तरकारि नविकेर त्यत्तिकै फाल्नुपर्दा कुन "/>

2026-06-19 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानका किसान ताजा तरकारि सित्तैमा दिन बाध्य


शंकर के सी । असार ११, सल्यान | खेतबारिमा परिश्रम पोखेर मिहेनतले फलाएको तरकारि । घरबाट भाडा तिरेर गाडीमा बोकाएर बजार सम्म ल्याउंदा तरकारि नविकेर त्यत्तिकै फाल्नुपर्दा कुन किसानको मन खिन्न नहोला र । सल्यानका किसानलाइ यस्तै भएको छ ।

तरकारि बजारमा तरकारि बेच्न ल्याएका कपुरकोट क्षेत्रका किसान आफुले उत्पादन गरेको कृषिजन्य वस्तुले मुल्य नपाएपछि चिन्तीत देखिएका थिए । विशेष गरि बन्दा गोभी नबिकेको जनाउंदै किसानहरुले धेरै घाटा व्यहोर्नुपरेको जनाए ।

फालावाङबाट ५ क्विन्टल तरकारि विक्रि गर्न आएका यम भण्डारिले त तरकारि बजारमा कुर्दा कुर्दा विक्रि नै नभएपछि एक जना व्यापारिलाइ सित्तैमा दिए । उनले भने– ‘सानो गाडीमा भाडा तिरेर बन्दा गोभी ल्याएं तर विकेन, फर्काएर घर लग्न भएन, दाङको एक जना व्यापारिलाइ ५ सय क्विन्टल सित्तैमा दिएं ।’

पछिल्लो समय यस क्षेत्रका किसानहरुको जीवन गुजारा तरकारि खेतीबाटै हुने गरेको छ । तर फलाएको तरकारि बेच्दा डोको नै नउठेपछि किसानहरु कसरि घरखर्च चलाउने भन्ने चिन्तामा छन् ।

शुक्रबार कपुरकोटको तरकारि बजारमा बन्दा बेच्न ल्याएका मुलपानीका किसान नारायण पुन पनी बन्दा कसैले किन्न नमानेपछि हैरान भए । उनले भने–‘बल्लतल्ल मिहेनत गरेर फलाएको तरकारि व्यापारिलाइ आग्रह गरिगरि ३ रुपैयां किलोमा बेचें ।’ ३ रुपैया प्रतिकिलो तरकारि विक्रि गर्दा गाडीमा ल्याएको भाडा समेत तिर्न नपुगेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

यता व्यापारिहरुले पनि घाटा व्यहोर्नुपरेको जनाउंछन् । बुटवलबाट सल्यान सम्म तरकारि खरिद गर्न आएका व्यापारि श्रवणले देशका अन्य ठाउंमा र सल्यानमा पनि बन्दा धेरै उत्पादन भएकाले उचीत मुल्य नपाएको जनाए । पालुङ, हेटौडा जस्ता ठाउंबाट पनि धेरै परिमाणमा तरकारि उत्पादन भएकाले यहांको तरकारिले मुल्य नपाएको उनको भनाइ छ ।

सल्यानको पूर्वि भागमा रहेका धनवाङ, सिनवाङ, गर्पा, रिम, फालावाङ, त्रिवेणी, छायाँक्षेत्र लगाएतका क्षेत्र तथा रोल्पा र दाङका विभिन्न ठाउँहरुबाट समेत कपुरकोट बजार केन्द्रमा करिव १५ हजार देखि १८ हजार किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्रि गर्ने गर्दछन् । कतिपय अवस्थामा आफुहरुले तरकारि खरिद गरेर टाढाको बजार सम्म लैजादा गाडी भाडा पनि तिर्न नसकिने अवस्था आउने व्यापारिहरु बताउंछन् । बुटवलका व्यापारि व्यापारि दिनेश कुमार कान्डुले भने– ‘४ रुपैया किलोमा तरकारि किन्ने, बुटवल लग्दा सम्म ६ रुपैया खर्च हुन्छ, विक्रि पनि त्यहि मुल्यमा हुन्छ भने हामीले कसरि खरिद गर्ने ?’

नेपालको वेमौषमी तरकारी बजारमा झण्डै ४०% भाग कपुरकोटको तरकारिले ओगटेको कृषि उपज बजार केन्द्रले जनाएको छ । एक सिजनमा झण्डै ३ हजार मेट्रिकटन ताजा वेमौषमी तरकारि यहाँबाट विभिन्न शहर, बजारमा पुग्ने गर्दछ । यसले गर्दा पनि कपुरकोटको स्थान उचो भएको छ । तर अझै पनि यहाँका किसानले उन्नत जातको विउ, मल वा प्राविधिक ज्ञान पर्याप्त रुपमा पाउन सकेका छैनन् ।

सिधै व्यापारिहरु संग मोलमोलाइ गरेर तरकारि वेच्ने गरिए पनि पटक पटक किसानहरुले व्यापारिले जुन मुल्यमा भन्छन् त्यहि मुल्यमा तरकारि वेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन् । बेलावेलामा हुने नेपाल बन्द, चक्काजाम जस्ता आन्दोलनले पनि किसानले तरकारि वेच्न नपाउँदा लाखौँको घाटा व्यहोर्नु परेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ