शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत"/>

2026-06-27 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ताजा तरकारीले चिनिएको कपुरकोट घाँस खेतीबाट पनि परिचय बनाउंदै


शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ ।

खास गरि यहां रहेको सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्दै आएका छन् । र समूहबाट उपभोक्तालाइ पुगिसकेपछि जिल्लाका विभिन्न क्षेत्र सम्म घाँसको विरुवा विक्र समेत हुने गरेको छ ।

जिल्ल पशु सेवा कार्यालय सल्यानले कपुरकोट क्षेत्रका सामुदायीक वन समूहबाट घाँस उत्पादन र विक्रि भइरहेको जनाएको छ । कपुरकोट गाउंपालिका वडा नम्बर ३ मा रहेको पाखापानी सामुदायीक वन समूहले नर्सरी नै स्थापना गरेर घाँस उत्पादन तथा विक्रि मार्फत आम्दानी पनि गर्दै आएको छ ।

वन समूहकी अध्यक्ष तारादेवी सेनले आफ्नो वन समूहमा विभिन्न जातका वहुवर्षिय डाले घाँस रहेको जनाइन् । उनले भनिन्– ‘हामीले केहि वर्षयता निपियर, अम्रिसो, टाँकी, कोटमीरो, खन्यु लगाएतका उन्नत घाँसको विरुवा उत्पादन गर्दै आइरहेका छौं ।’ उन्नत जातको घाँस पोषिलो हुने र पशुपालनमा सजिलो हुने भएपछि अहिले आफ्नो समूहका किसानहरुले बारिको ढिक काल्नामा घाँस खेती गरेको उनले जनाइन् ।

व्यावसायिक घाँस उत्पादनले पशुपालनको लागत घटाउने भएकाले पशु कार्यालयले पनि विभिन्न सहयोग गरिरहेको छ । पाखापानीमा घाँस उत्पादनका लागी नर्सरि स्थापनामा ३० हजार बराबरका सामाग्री र घाँसको विउ सहयोग गरेको पशु सेवा केन्द्र कपुरकोटका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मीले जानकारि दिए । उनले भने– हामीले वन समूहलाइ घाँसका विरुवा उत्पादनमा सहयोग संगै ती विरुवा किनेर अन्यत्रका किसानलाइ निःशुल्क वितरण गरिरहेका छौं ।

हाल सम्म ३७ हजार भन्दा बढि घाँसका विरुवा पाखापानी सामुदायीक वनबाट किनेर सल्यानको कालिमाटी, रागेचौर लगाएतका क्षेत्रमा पठाइएको रेग्मीले जानकारि दिए ।

विरुवा विक्रीबाट यो वर्ष अहिले सम्म करिव १ लाख आम्दानी भएको वन समूहकी अध्यक्ष सेनले जनाइन् । विरुवा उत्पादनमा जिल्ला वन कार्यालयले पनि सल्लाह सहयोग गरेको उनको भनाइ छ । अझै आफ्नो नर्सरिमा ४५ हजार बढि घाँसका विरुवा रहेको सेनले जनाइन् । नर्सरि नाइके थमन कुमारि रावलबाट नर्सरिको रेखदेख हुने गरेको वनले जनाएको छ ।

पशुजन्य उत्पादनको उत्पादन लागत घटाउँदै गुणात्मक आहारको आपूर्ति गरी दूध तथा मासुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्य अनुसार पशु सेवा कार्यालयले उन्नत जातका घाँस खेतीमा जोड दिदै आएको छ । कार्यालय अन्तर्गत जिल्लाका विभिन्न सेवा कार्यालय मार्फत सुडान, बाज्रा, मकै चरि, रिओसेन्टी, स्टाइलो जस्ता भुँइ घाँसको विउ वितरण भइरहेको कार्यालयले जनाएको छ ।

व्यवशायीक पशुपालन मार्फत जिल्लालाइ मासु र दुधमा आत्मनिर्भर बनाइ किसानहरुको आर्थीक विकासमा टेवा पुर्याउन उन्नत घाँस खेती जरुरी रहेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी