Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कृषि हाटबजार स्थापना प्राथमिकतामा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १, गोरखा । सिरानचोक गाउँपालिकाले आव २०७४/०७५ को बजेटमा वडादेखि गाउँपालिका केन्द्र जोड्न चक्रपथ निर्माण, प्रत्येक वडामा कृषि हाटबजार सञ्चालन र आठ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर खोल्ने योजना बजेटका प्राथमिकतामा परेका छन् ।

गाउँपालिकाको केन्द्र छोप्राकमा पहिलो गाउँसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका प्रमुख राजु गुरुङले रु ३१ करोड चार लाख तीन हजारको बजेट सार्वजनिक गर्नुभयो । केन्द्र सरकारबाट उपलब्ध अनुदान रु १३ करोड ७५ लाख ३९ हजार प्रावि निमाविका शिक्षकको तलबभत्ता, विद्यालय सञ्चालन खर्च तथा कृषि, स्वास्थ्य कार्यालयका कर्मचारीलाई तलबभत्ता दिने गरी विनियोजन गरिएको हो ।

बैठकले केराबारी, थालाजुङ, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारीका भूकम्प प्रभावित लाभग्राहीले आगामी विसं २०७५ सम्म निजी आवास पुनःनिर्माण गर्नुपर्ने बाध्यकारी नियम ल्याएको छ । सबै वडाका स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउनका निम्ति बर्थिङ सेन्टर निर्माण गर्ने, गाउँघर क्लिनिक सेवा सञ्चालन गर्ने तथा असहाय– दीर्घ रोगीलाई सहयोग गर्न आकस्मिक स्वास्थ्य सहयोग कोषको व्यवस्था गर्ने नीति सिरानचोक गाउँपालिकाको छ ।

प्रत्येक वडामा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम लागू गर्ने, कृषि मुख्य क्षेत्र घोषणा गरी परियोजना सञ्चालन गर्ने, कृषकलाई व्यावसायिक बनाउँदै विभिन्न जातका तरकारी– फलफूलको बीउको व्यवस्थापन गरिदिने, कम्तीमा दुई स्थानमा फलफूल र तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याउने तथा प्रत्येक वडामा महिनाको एक पटक कृषिजन्य उत्पादन बिक्री गर्न कृषि हाटबजार सञ्चालनमा ल्याउने उपप्रमुख रीता देवकोटाले बताउनुभयो ।

शनिबार भएको गाउँसभा उद्घाटनमा नेपाली काँग्रेसका सचेतक चीनकाजी श्रेष्ठले केन्द्रले खोसेको गाउँको अधिकार पुनःगाउँमै फिर्ता गर्न सफल भएको बताउनुभयो । रासस