१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा सत प्र्रतिशत रोपाइँ सकियो

२० श्रावण २०७४, शुक्रबार १३:०४

साउन २०, डडेल्धुरा । प्रदेश नम्बर सातको पहाडी जिल्ला डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकिएको छ । 

विशेष गरेर साउन महिना अन्तिम सम्म डडेल्धुरामा रोपाई सकिने समय भएपनि यो वर्ष भने साउन दोस्रो साता भित्रै सम्पुर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

कृषकहरु वर्षातको सुरुवातसंगै रोपाइँमा लागेकाले यो वर्ष आगाडी नै रोपाइँ सकिएको कृषकहरुको भनाई रहेको छ । साउन १५ देखि २० सम्म पनि रोपाइँ हुने गर्दथ्यो तर यो वर्ष समयमा नै मनसुन सुरुभएकाले चाडै नै रोपाइँ सकिएको नवदुर्गाका किसान तारा विकले बताउनु भयो ।

किसानहरु रोपाइँको काम सकेर अहिले आफ्नौ दैनिकी काममा व्यस्त छन् । जिल्लाको पाखो जग्गा तथा रोपाइँका लागि उपयुक्त खेती जग्गा गरि धान लगाउने कुल ६ हजार २ सय ३६ हेक्टर क्षेत्रफल मध्ये असार मसान्त सम्ममा ६ हजार ४९ हेक्टर क्षेत्रफल जग्गामा रोपाइँ भईसकेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । 

स्थानीय तहको चुनाव आगाडी नै आधा भन्दा बढि रोपाइँ चुनावका लागि भनेर कृषकहरुले सिद्धयाएका थिए । यो वर्ष जेठ देखि नै सक्रिय भएको मनसुनका कारण समयमै वर्षा भएपछि किसानहरुले पनि समयमै रोपाई गर्न शुरु गर्दा समयमै सम्पन्न भईसकेको जनाईएको छ ।

डडेल्धुरा जिल्लाको नवदुर्गा, सकायल, अशिग्राम, सदरमुकामको घटाल डोटी क्षेत्र, बगरकोट क्षेत्र, असिग्राम रुवाखोला, रुपाल, अजयमेरुको समैजी, भद्रपुर, देवलको खाल, शिर्ष र आलिताल क्षेत्र धान उत्पादनका लागि प्रसिद्ध मानिन्छन् । -बिरेन्द्र जैरुको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो