प्रकाश धौलाकोटी/साउन २४, तेह्रथुम । किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । 

गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/साउन २४, तेह्रथुम । किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । 

गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेक"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारीमै कुहियो बन्दागोभी

२०७४, २४ श्रावण मंगलवार १०:०२


प्रकाश धौलाकोटी/साउन २४, तेह्रथुम । किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । 

गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो । बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान चिन्तामा परेका छन् । 

सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब रु १५ करोड बराबरको बन्दागोभी कुहिएको छ । “बन्दागोभीमा रोगको संक्रमण छ, टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ,” उहाँले भन्नुभयोे । तीन वर्षअघि समेत यस क्षेत्रमा बन्दागोभीमा गाँठे रोगको प्रकोप देखिएको थियो । त्यतिबेला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानको बारीमै आएर रोगबारे अनुसन्धान गरेको थियो । 

दुई वर्षपछि सो रोग पुनः देखा परेको छथर गाउँपालिका–१, आङ्दिमका कृषक टीका लिम्बू बताउनुहुन्छ । शुरुमा बन्दागोभीमा मात्रै देखिएको सो रोग अहिले अन्य बालीमा समेत फैलिएको छ । काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायतमा गाँठे रोग फैलिएको छ । 

“बजार पठाउने बेलामा रोगले आक्रमण गरेपछि तरकारी बारीमै कुहिन थालेको छ,” उहाँले भन्नुभयो । बारीमै बन्दागोभी कुहिएपछि रु पाँच लाख बराबरको घाटा भएको लिम्बुको भनाइ छ । छथर गाउँपालिका र लालीगुराँस नगरपालिकाका विभिन्न ठाउँमा सो रोग देखापरेको छ । बन्दागोभीकै आम्दानीबाट यहाँका किसानको घरखर्च जुटाउँछन् । अरु अन्नबालीको खेती छाडेर उनीहरुले बन्दागोभीको व्यावसायिक खेती गर्दैआएका छन् । 

लालीगुराँस नगरपालिका चित्रेका किसान जगत काफ्ले विगतमा प्रतिकिलो रु १० देखि रु ३५ सम्ममा कारोबार भएको बन्दागोभी यस वर्ष रु तीनमा बिक्री भइरहेको बताउनुहुन्छ । उचित मूल्य नपाउँदा किसानले करोडौँ रुपैयाँको घाटा बेहोरेका छन् । बन्दागोभी मात्रै लगाएका किसानलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । बारीमा बन्दागोभी रोप्दा बीउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदारलगायत गर्दा रु दुई लाख ५० हजारभन्दा बढी खर्च भएको काफ्लेको भनाइ छ । 

काफ्लेले ३० रोपनी जग्गामा लगाएको रु १५ लाख बराबरको बन्दागोभी बारीमै कुहिएको छ । उहाँले गत वर्ष रु १४ लाखको बन्दागोभी बिक्री गर्नुभएको थियो । “बिक्री गर्ने बेलामा रोग लाग्दा नोक्सानी बेहोर्नु प¥यो,” उहाँले भन्नुभयो । यहाँका किसानले उत्पादन गरेको बन्दागोभी धनकुटाको सिधुवा हुँदै धरानको कृषिउपज बजारसम्म पुग्छ । 

किसानबाट खरिद गरेको बन्दागोभी दुई दिनमै कुहिएर नष्ट हुन थालेपछि व्यापार ठप्प भएको धरानका व्यापारी शिवचन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष तेह्रथुम र धनकुटाबाट खरिद गरेको बन्दागोभी धरान नपु¥याउँदै कुहिएको छ । “कुहिएकाले भारत निर्यात गर्न सकेका छैनाँै,” उहाँले भन्नुभयो । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न सुझाव दिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से