भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

३ भाद्र २०७४, शनिबार १०:५०

भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । 

व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो । 

उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष रु चार अर्ब ७० करोड ६१ लाख भित्रिएको छ । दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिनुभयो । 

त्यस्तै निजीस्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरी बिक्री हुन्छ । जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन् । 

पशुआहाराका लागि किसानले टिओसेन्टी, जै, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घाँस लगाएका छन् । इलाममा दूध सरदर रु ३८ देखि ४५ प्रतिलिटरले बिक्री हुने गरेको छ । दुग्ध विकास संस्थानले जिल्लाका बिब्ल्याँटे, पूवाखोला, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे र फिक्कल तथा कुट्टीडाँडालगायत १६ वटा दुग्ध चिस्यान केन्द्रबाट दूध ढुवानी गर्दै आएको छ । 

जिल्लाका ग्रामीण भेगमा उत्पादित दूध स्थानीय डेरी उद्योग, सहकारी संस्था र त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका छन् । 

घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार जिल्लामा १०० वटा छुर्पी, नौवटा ललीपप, चीज २४, एक आइस्क्रिम र दुई वटा ठूला डेरी उद्योग सञ्चालनमा छन् । 

यीबाहेक दर्ता नभई पनि जिल्लामा दर्जनभन्दा बढी डेरी उद्योग समेत सञ्चालन भइरहेका छन् । ती उद्योगमा वार्षिक रु ८५ करोडभन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ । 

दूधबाट निर्मित घ्यू प्रतिकिलो रु ५००, छुर्पी रु ८००, ललीपप प्रतिकिलो रु १० हजारमा बिक्री हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…