भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा च्याउ खेतीबाट मासिक एक लाख आम्दानी गर्दै ३२ बर्षीय युवा

८ भाद्र २०७४, बिहीबार ०८:०९


भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । 

चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लाग्नुभएको हो । उनीहरुले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान्य रुपमा बस्नेत दाजुभाइले १८ वर्षदेखि च्याउ खेती गर्दै आएका हुन् । 

बस्नेत दाजुभाइले रु एक हजारको लागतबाट च्याउ खेती शुरु गरेका हुन् । यतिबेला उनीहरुको लगानी रु एक करोड पुगेको छ । उहाँहरुले च्याउ बिक्रीका लागि दुईवटा गाडी समेत किन्नु भएको छ । 

“दैनिक ३०० किलोदेखि ५०० किलोसम्म च्याउ उत्पादन हुन्छ,” देवेन्द्रले भन्नुभयो । बस्नेत दाजुभाइले च्याउका साथै बीउ समेत उत्पादन गरी बिक्री गर्दै आउनु भएको छ । 

उहाँहरुले दैनिक काठमाडौँ, पोखरा, हटौँडा, महेन्द्रनगर, दाङसहित पूर्वका अधिकांश स्थानमा च्याउको बीउ बिक्रीका लागि पठाउने गर्नुभएको छ । कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिङ्क च्याउ उत्पादन गर्दै आएको देवेन्द्रले बताउनुभयो । 

दश कठ्ठा आफ्नै जग्गामा च्याउ खेती गर्दै आएका बस्नेत दाजुभाइले २५ जनालाई रोजगारी समेत दिनुभएको छ । च्याउ प्रतिकिलो खुद्रा रु २०० मा बिक्री हुन्छ । उहाँहरुले पूर्वाञ्चलमै पहिलो पटक च्याउ उमाल्ने प्रविधिको प्रयोग गर्नुभएको छ । सो प्रविधिबाट एकै पटकमा ६ वटा ड्रममा पराल उमाल्न सकिन्छ । सो प्रबिधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देवेन्द्रको भनाइ छ । 

च्याउलाई दुईदेखि तीन दिनसम्म राख्न सकिने ¥यापिङ मेसिन नहुँदा उत्पादित च्याउलाई भण्डारण गर्न नसकेको अर्का व्यवसायी गोपालले भन्नुभयो । गोपाल चार वर्ष साउदी अरबमा मजदुरी गरेर फर्किनु भएको हो । “अहिलेसम्म सरकारी अनुदान पाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु