२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने

२०७४, १३ भाद्र मंगलवार ११:२५

भदौ १३,फलेवास (पर्वत)। पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । 

नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिकाभित्र आयात गर्दा कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । 

ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ वन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाउ निकासी पैठारी गर्नेबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिकाभित्र उत्पादन हुने कृषि जन्य वस्तुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषिजन्य उत्पादनको फरक फरक दररेटसमेत कायम गरिएको छ । न्यूनतम रु एक देखि १०० सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आह्वान गरिएको समेत शर्माले जानकारी दिनुभयो । 

नगरपालिकाको कार्यालयको आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तलब भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरूपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक मितव्ययीरुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाइ छ । 

सुन्तला तथा अमिलो जातका वस्तु, तरकारी बीउ तथा ताजा तरकारी, कफी, लप्सी, आलु, अलैँची, अदुवा बेसार, मह तथा माहुरीका गोला, दूध निकासीबापत कर लगाइने भएको हो । त्यसैगरी, बाख्रा, भेडा, खुकुरा, गाईभैँसी, राँगा, बंगुर, कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तलब भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताउनुभयो । 

नगरभित्र उत्पादित वस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्नका लागि टेण्डरसमेत आह्वान गरिएको छ । सदरमुकाम कुश्माबजारसँग जोडिने फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुंगे पुल, दोविल्ला फलेवास सडकअन्तर्गत मल्याङ्दी खोला पुल र स्यांजा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका–१ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाको भनाइ छ । नयाँ नगरपालिकाको रुपमा रहेको उक्त नगरले पहिलोपटक जिल्लामै नमूनाका रुपमा कृषिजन्य वस्तुमा कर लगाएको हो । यसअघि कुश्मा नगरपालिकाले भने कृषिजन्य वस्तुमा कर लगाएको थिएन अन्य पाँचवटा गाउँपालिकाले पनि कृषिजन्य वस्तुमा कर लगाउने कार्यविधि बनाए पनि कार्यान्वयन भने गर्न सकेका छैनन् । 

भर्खरै बनेको नगरपालिकामा कृषकलाई मार पर्नेगरी कर उठाउने निर्णय भएपछि कतिपय कृषक असन्तुष्ट बनेका छन् । निर्वाहमुखीरुपमा गर्दै आएको व्यवसायमा समेत कर उठाउने कार्य जायज नहुने स्थानीयवासी नारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस