2026-10-06 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाढीले परवलखेती नष्ट भएपछि कृषक निरास

अजितकुमार झा । भदौ १५,सुनसरी । सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ । 

परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उहाँको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उहाँले करिब १० कट्ठा जग्गामा परवल खेती गर्नुभएको थियो । बाढीको पानी खेतमा तीन÷चार दिन जमेपछि परबल खेती उहाँको पनि सुक्न थालेको छ । परवलखेती सुक्न थालेपछि अहिले कसरी घर परिवार चलाउने भने चिन्ताले उहाँलाई पिरोली रहेको छ उहाँलाई । 

उहाँहरु जस्तै सो क्षेत्रका सयौँ कृषकले लगाएको परबल खेतीमा बाढीको पानी जमेका कारण सुक्न थालेपछि स्थानीय कृषक चिन्तित भएका छन् । विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन श्रीपुरजब्दी, हरिपुर, पश्चिमकुशहा गाविस पूर्ण प्रभावित र लौकही गाविस आंशिक प्रभावित भएको थियो । 

प्रभावित भएको क्षेत्रमा रहेका अधिकांश जग्गा बगरमा परिणत भएपछि स्थानीयले विकल्पको रुपमा परबलखेती गर्दै आएका छन् । तर त्यो परबलमा पनि बाढीको पानी जमेर सखाप बनाएपछि आफूहरुलाई घर परिवार चलाउन र केटाकेटीको स्याहारसुसार गर्न समस्या भएको स्थानीय दिलीप यादवको भनाइ छ । 

यादवको समस्या जस्तै छ स्थानीय वीरेन्द्र यादवको पनि । उहाँले एक बिगाहा जग्गामा परबलखेती गर्नुभएको थियो । तर उहाँको खेतमा पनि पानी जमेका कारण परबल सुक्न थालेपछि उहाँ निरास हुनुभएको छ । एक बिगाहामा लगाएको परबलबाट एक वर्षमा रु तीन लाखसम्म आम्दानी गरेकोमा यसपटक त्यो आम्दानी गुमेको वीरेन्द्र यादवको भनाइ छ । 

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीका प्रमुख राजकान्त झाले जिल्लामा करिब १५ हेक्टर क्षेत्रफलमा लगाएको परबलखेती नष्ट हुँदा रु ७० लाख बराबरको क्षति भएको बताउनुहँुदै यस आर्थिक वर्षमा अनुदान प्रदान गरी पुनः खेतीतर्फ आकर्षित गर्ने बताउनुभयो । 

कोशी बाढीको पीडामा केही मल्हम लगाउने कार्य जस्तो हुने गरी परबलखेती गरिरहेका स्थानीय किसानले यसपालीको डुबानले त्यो परबल पनि नष्ट भएपछि किसान थप निरास बनेका छन् । 

त्यसैले, परबल किसानलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने स्थानीय कृषकले माग गरेका छन् । राज्यले तरकारी बाली उत्पादक किसानलाई सहयोग गर्नु आवश्यक छ भने डुबान कटान क्षेत्रमा व्यवस्थित खेतीका लागि समेत पहल गर्नु जरुरी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो