भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तरकारीखेतीले फेरियो कञ्चनपुरका मुक्तकमैयाको दैनिकी

२०७४, १५ भाद्र बिहीबार ०९:०८

भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गर्नुभयो । 

मजदुरी गरेर चौधरीले दैनिक रु २०० मात्रै कमाइ गर्नुहुन्थ्यो । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उहाँले व्यावसायिक तरकारीखेतीलाई अंगाल्नुभएको हो । “तरकारीखेती गरेर परिवार पाल्न सहज भएको छ,” उहाँले भन्नुभयो । 

थोरै जग्गा भएपछि उहाँले वार्षिक रु एक लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिनुभएको छ । तरकारीखेती गरेर उहाँले वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । 

बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आउनुभएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्नुहुन्छ । छजनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उहाँको भनाइ छ । 

पक्की घर निर्माणका लागि रु पाँच लाखभन्दा बढी रकम बैंकमा बचत गरेको चौधरीले बताउनुभयो । “तरकारीखेतीकै रु एक लाख ६० रकम खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएर अतिरिक्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो । 

यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गरिबी निवारण कोषबाट पहिलो वर्ष रु तीस हजार तरकारीखेतीका लागि ऋण लिनुभएका चौधरीले रु दुई लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गर्नुभएको छ । 

भूमि सुधार कार्यालयले पुनःस्थापन हँुदा उपलब्ध गराएको पाँच कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक रु १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उहाँले विस्तार गर्नुभएको छ । हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक रु दुई हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर रु एक हजार ५०० दैनिक कमाइ हुने गरेको छ । 

तरकारी बेचेको रकमले छजना परिवारको खर्च कटाएर वार्षिकरुपमा रु दुई लाख बैंकमा बचत गर्दै आएको उहाँले बताउनुभयो । बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उहाँले बनाउनुभएको छ । तरकारीखेतीमा संलग्न चौधरी बस्तीमै सबैभन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । बस्तीका प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस