२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागती बेचेर पाँच बर्षमै करोडपति

१९ भाद्र २०७४, सोमबार ०५:५३

(सुरेन्द्र भण्डारी) | भदौ १९, सुरुङ्गा (झापा) | झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । 

नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थाल्नुभएको छ । 

बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएका उप्रेती अहिले मेहनती कृषकका रुपमा झापामा परिचत हुनुहुन्छ । उहाँले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पु¥याएको योगदानस्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको छ । 

रु डेढ लाखको लगानीमा कृषि कर्म शुरु गर्नुभएका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पु¥याएको बताउनुभएको छ । उहाँले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाउनुभएको छ । 

डेढ बिगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गर्नुभएका उप्रेतीले अहिले वार्षिक डेढदेखि दुई लाख कागतीका दाना बिक्री गर्नुहुन्छ । उहाँको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उहाँले सुनाउनुभयो । 

कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गर्नुभएको छ । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उहाँले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाउनुभएको छ । उहाँका बगैँचामा ३०० कागतीका बोट छन् । उहाँले कागती कलमी गरेर गमलामा समेत फलाउनुभएको छ । 

कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा रु ५० देखि ८५ सम्ममा बिक्री गर्ने गरेको उहाँका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो– “छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई रु ५० देखि ८५ सम्ममा बिरुवा बिक्री गर्दै आएको छ ।” 

होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुग्नुभएको थियो । उहाँले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहनुभएको छ । धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ, उहाँले भन्नुभयो– “नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।” 

कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उहाँको अर्काे आयस्रोतको बाटो हो । उहाँ उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्नुहुन्छ । 

त्यस्तै गड्यौँले मल बिक्रीबाट पनि उहाँको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उहाँले छुट्टै मल घर बनाउनुभएको छ । 

उहाँले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिनुभएको छ । हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु– उप्रेतीले भन्नुभयो– “माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो”– उहाँले पाकेका कागतीको दाना देखाउँदै भन्नुभयो–“सुनभन्दा कम छैन, यो कागतीको दाना ।” 

हिजो मैले व्यवसाय शुरु गर्दा कागतिको खेती गरेर के माइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु– उप्रेतीले भन्नुभयो– “कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।” 

उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य