२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा जग्गा भाडामा दिएर शिक्षकलाई तलब

२०७४, २० भाद्र मंगलवार ०६:५२

भदौ २०, कञ्चनपुर। केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीनजना शिक्षकको तलब व्यहोर्दै आएको छ । 

प्रतिविगाहा रु दुई लाख रकम पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो । 

विद्यालयको स्वामित्वमा रहेको चार बिगाहा जग्गा पाँच वर्षका लागि भाडामा दिइएको छ । “तीन वर्षअघिदेखि जग्गा भाडामा दिएर निजी स्रोतका तीनजना शिक्षकको तलबको व्यवस्था मिलाउँदै आएका छौँ”, विद्यालयका प्रधानाध्यापक रामप्रसाद जोशीले भन्नुभयो । 

अपुग तलबको रकम विद्यालयले व्यापारिक प्रयोजनका लागि बनाएका कोठा भाडामा दिएर पूर्ति गर्दै आएको छ । विद्यालयमा पाँच शिक्षक राहत कोटा र तीनजना निजी स्रोतमा कार्यरत रहेका छन् । 

विसं २०५५ मा स्थापना भएको विद्यालयमा स्थायी दरबन्दीका शिक्षकको व्यवस्थाका लागि विद्यालय व्यवस्थापन समितिले माग गर्दै आए पनि बेवास्ता भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस