2026-09-16 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

भदौ २३, इलाम। जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ । 

पशुसेवा कार्यालयका अनुसार इलाममा बंगुर मासु पसल २८ वटा दर्ता भएका छन् । पशु कार्यालयकै तथ्यांकअनुसार वार्षिक दुई हजार २०० मेट्रिक टनको हाराहारीमा बंगुरको मासु उत्पादन हुने गरेको छ । गत वर्ष दुई हजार १८४ र अघिल्लो वर्ष दुई हजार १९९ मेट्रिक टन मासु उत्पादन भएको थियो । 

उत्पादित मासु जिल्लाकै बंगुर फार्म र घरायसी बंगुरपालनबाट उत्पादित बंगुरको रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८० वटा बंगुर फार्म दर्ता भई सञ्चालनमा छन् । ती फार्ममा कम्तीमा १० देखि बढीमा १०० वटासम्म बंगुरपालन गरिएको छ । फार्मबाट वार्षिक ९३ हजारभन्दा बढी बंगुर उत्पादन हुँदै आएको छ । गत वर्ष जिल्लामाा ९३ हजार १९० वटा र अघिल्लो वर्ष ९३ हजार ४०० वटा बंगुर उत्पादन भएका थिए । गत वर्ष स्थानीय जातका ५६ हजार ८६० वटा र उन्नत जातका ३६ हजार ३३० वटा बंगुर उत्पादन भएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना