२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पन्ध्र वर्षपछि सिँचाइ आयोजना पुनर्निर्माण

२५ असार २०८२, बुधबार १५:५७
काठमाडौं । सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मङ्गला गाउँपालिका-२ स्थित घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण भएको छ ।
सल्यानको फेदीमा रहेको घुरेनीको मुहानबाट कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर विसं २०६७ मा सिम-कुहुँ सडक निर्माणका क्रममा पुरिएको थियो । घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर खत्रीले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुनर्निर्माण गरिएको बताउनुभयो ।
“नहर पुरिएपछि पाइपबाट पानी ल्याएर खेतीबाली लगाउन र सिँचाइ गर्न साह्रै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “यसपालि नहर पुनर्निर्माण भएपछि समयमा रोपाइँ गर्नुका साथै हिउँदेबालीमा सिँचाइ गर्न सहज भएको छ ।” पाइपमा पर्याप्त पानी नआउने र कच्ची नहरमा पानी सोसिने अर्को समस्या पनि थियो ।
आयोजनाबाट १५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताउनुभयो । एक हजार ७०० मिटर पक्की नहर निर्माण भएको बताउँदै उहाँले मुख्य नहरका शाखा नहरहरू पनि निर्माण भएका उल्लेख गर्नुभयो ।
रु एक करोड ३३ लाख लागत अनुमान गरिएको आयोजना निर्माणका लागि विसं २०८१ जेठ २५ गते शान्ति निर्माण सेवाले रु ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । एक वर्षको ठेक्का अवधि भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेट विनियोजन भएको योजनाका लागि रु एक करोड ३३ लाख बराबरको स्रोत सुनिश्चितता गराएर बहुवर्षीय ठेक्का लगाइएको डिभिजनल इञ्जिनियर ओझाले बताउनुभयो ।
कोत्रवाङ र सिमको बीचमा बाँकी रहेको सिँचाइ योजनाको संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आवका लागि रु पाँच लाख विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ