२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

२५ असार २०८२, बुधबार १६:४६
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ को व्यवस्थाका आधारमा कृषकलाई अनुदानमा मलखाद उपलब्ध गराउँदै आएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै हाल युरिया मलको खरिद मूल्य प्रतिकिलो ८२ रुपैयाँ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु १४ रुपैयाँ रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “डिएपीको खरिद मूल्य प्रतिकिलो रु १२१ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु ४३ र पोटासको खरिद मूल्य प्रतिकिलो रु ६४ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु ३१ रहेको छ, यसरी वर्तमानमा युरिया, डिएपी र पोटास मलमा प्रतिकिलो अनुदान क्रमशः ५८, ७८ र ३३ रुपैयाँ रहेको छ । यसबमोजिम औसतमा मलमा करिब ६६ प्रतिशत अनुदान रहेको अवस्था छ ।”
मन्त्री अधिकारीले अनुदानमा उपलब्ध गराइने मलबाहेक पनि अनुदान नभएका अन्य मलखाद पनि कृषकले खुला बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रका कतिपय कृषकले अनौपचारिक रुपमा सानो परिमाणमा सीमापारी भारतीय बजारबाट मल ल्याई प्रयोग गर्ने गरेको जानकारी गराउनुभयो । कतिपय अवस्थामा सिफारिसअनुसार पूरैमात्रामा अनुदानको मल उपलब्ध नभए पनि खुला बजार र अन्य माध्यमबाट किनेर पनि कृषकले मल प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।
“उपलब्ध बजेटको सीमाभित्र रही अन्तरराष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन मन्त्रालय क्रियाशील रहेको छ, चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेट रु २७ अर्ब ३६ करोडबाट हालसम्म तीन लाख ८१ हजार टन मल आयात गरिसकिएको र चार लाख २४ हजार टन बिक्री गरिसकिएको छ”, उहाँले भन्नुभएको छ ।
त्यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह आइसकेको वा आउने क्रममा रहेको र धान हाम्रो मुख्य खाद्यान्नबाली रहेको र धानबालीमा मलको माग र खपत सबैभन्दा बढी भएकाले जारी धान रोपाइँ सिजनका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले आवश्यक व्यवस्था गरेको मन्त्री अधिकारीको भनाइ छ ।
उहाँले भन्नुभयो, “यस क्रममा नेपाल भित्रिने क्रममा रहेको मलबाहेक हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनको देशभर रहेका डिपोमा करिब ९५ हजार टन मल मौज्दात रहेको छ भने देशभरका करिब ११ हजार मल बिक्रेता सहकारी संस्थाले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा उल्लेखित डिपोबाट दैनिक करिब २० हजार  क्विन्टल (४० हजार बोरा) मल सहकारीले बुझी लगिरहेका छन् ।”
खेती गरिएको बाली र मलको सिफारिस मात्राका आधारमा वार्षिक मलको आवश्यकता करिब १३ मेट्रिकटन रहे तापनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिब सातदेखि आठ लाख टन रहेको पाइएको मन्त्री अधिकारीले संसद्लाई जानकारी गराउनुभयो । पछिल्ला वर्षमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च दरमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उहाँले पछिल्ला केही वर्षयता वार्षिक करिब चार लाख ५० हजारदेखि पाँच लाख मेट्रिकटन अनुदानमा उपलब्ध गराउने गरिएको पनि बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ