१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन

२ श्रावण २०८२, बिहीबार १३:४४
काठमाडौं ।  जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यहाँस्थित कृषि ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरण गर्दै किसानलाई वातावरण अनुकूल उत्पादनमा केन्द्रित बनाउँदै उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । उहाँका अनुसार सिर्जनशील कृषक समूहमा आवद्ध २२ परिवार कृषकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधिबाट खेती गर्न थालेका छन् ।
कार्यक्रमको ९० प्रतिशत अनुदानमा चार वटा सुधारिएको भकारो निर्माण, सिँचाइका लागि चार हजार मिटर पाइप, पानी सङ्कलन गर्ने नौ वटा ड्रम, दुई वटा प्लास्टिकका टनेल र एउटा थोपा सिँचाइ प्रविधि जडान भएको समूहका अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।
जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रूपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख बास्तोलाले जानकारी दिनुभयो । “कार्यक्रम कार्यान्वयनका लागि समूहलाई केन्द्रले गत आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’का रूपमा यो कार्यक्रम अघि सारेको हो”, उहाँले भन्नुभयो ।
साथै सामाजिक र आर्थिक रूपमा पछाडि परेका, भौगोलिक विकटता, खाद्य सुरक्षाको जोखिममा रहेका चार स्थानमा ‘ग्रामीण पोषण सुरक्षण’ कार्यक्रम सञ्चालन भएको छ । धवलागिरि- बगर, मालिका गाउँपालिका-४ ओखरबोट, रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गले र अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा उक्त कार्यक्रम लागू भएको केन्द्रका प्रमुख बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसा कार्यक्रममार्फत एक सय भन्दाबढी कृषक लाभान्वित भएका छन् ।
केन्द्रको रु पाँच/पाँच लाख अनुदानमा कृषक समूह र सहकारी संस्थाले तरकारी खेती, कुखुरापालन, सिँचाइ पूर्वाधार निर्माण, प्लास्टिक घर निर्माण, मौरीपालनका लागि सहयोग गरेका छन् । घरायसी उपभोगका लागि आवश्यक पर्ने पौष्टिक तत्वयुक्त आहारा आपूर्ति सहज बनाई उपभोग वृद्धि र पोषणको अवस्था सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का