२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन

२०८२, २ श्रावण बिहीबार १३:४४
काठमाडौं ।  जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यहाँस्थित कृषि ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरण गर्दै किसानलाई वातावरण अनुकूल उत्पादनमा केन्द्रित बनाउँदै उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । उहाँका अनुसार सिर्जनशील कृषक समूहमा आवद्ध २२ परिवार कृषकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधिबाट खेती गर्न थालेका छन् ।
कार्यक्रमको ९० प्रतिशत अनुदानमा चार वटा सुधारिएको भकारो निर्माण, सिँचाइका लागि चार हजार मिटर पाइप, पानी सङ्कलन गर्ने नौ वटा ड्रम, दुई वटा प्लास्टिकका टनेल र एउटा थोपा सिँचाइ प्रविधि जडान भएको समूहका अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।
जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रूपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख बास्तोलाले जानकारी दिनुभयो । “कार्यक्रम कार्यान्वयनका लागि समूहलाई केन्द्रले गत आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’का रूपमा यो कार्यक्रम अघि सारेको हो”, उहाँले भन्नुभयो ।
साथै सामाजिक र आर्थिक रूपमा पछाडि परेका, भौगोलिक विकटता, खाद्य सुरक्षाको जोखिममा रहेका चार स्थानमा ‘ग्रामीण पोषण सुरक्षण’ कार्यक्रम सञ्चालन भएको छ । धवलागिरि- बगर, मालिका गाउँपालिका-४ ओखरबोट, रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गले र अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा उक्त कार्यक्रम लागू भएको केन्द्रका प्रमुख बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसा कार्यक्रममार्फत एक सय भन्दाबढी कृषक लाभान्वित भएका छन् ।
केन्द्रको रु पाँच/पाँच लाख अनुदानमा कृषक समूह र सहकारी संस्थाले तरकारी खेती, कुखुरापालन, सिँचाइ पूर्वाधार निर्माण, प्लास्टिक घर निर्माण, मौरीपालनका लागि सहयोग गरेका छन् । घरायसी उपभोगका लागि आवश्यक पर्ने पौष्टिक तत्वयुक्त आहारा आपूर्ति सहज बनाई उपभोग वृद्धि र पोषणको अवस्था सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे