२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा अल्लो प्रवद्र्धनका लागि मेसिन सहयोग

२०७४, २७ भाद्र मंगलवार ११:४३

भदौ २७, रोल्पा। हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ । 

कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

धागो कात्ने प्रविधिमा सुधार गर्दै गुणस्तरीय धागो उत्पादनमा सघाउ पु¥याउने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । जीविकोपार्जनको आधार बनेको अल्लोको आधुनिक मेसिन औजारको अभावका कारण उत्पादनमा कमी आएको उहाँको भनाइ छ । समुदायवाट थप मेसिनको माग आएको हँुदा सहयोग गर्न स्रोत खोजी भइरहेको छ । 

जेल्वाङमा अल्लोखेती गरिने हुँदा त्यसको विकास र प्रवद्र्धन गर्न मेसिन वितरण गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । जिल्लालाई अल्लोको माद्यमबाट परिचित गराउन सकिने सम्भावना छ । उत्पादित अल्लोको धागो हाल स्थानीय व्यापारीले नै खरिद गरिरहेका छन् । ठूलो परिमाणमा उत्पादन भए त्यसको बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने सुवेदीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस