२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोटरसाइकलमा डोको बोकेर तरकारी बेच्ने धनराजको ५ लाखको आम्दानी

२०८२, ११ श्रावण शनिबार १७:११

काठमाडौँ | मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी ।उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् ।

 

आफैंले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनी बताउँछन् । ‘मैले १० वर्ष भयो तरकारीखेती गरेको’, बुढाथोकीले भने, ‘यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घरखर्च धानेको छ ।’ हरेक दिन बिहान ५ बजे उठेर उहाँले काँक्रा र बोडी गाउँगाउँमा लिएर बेच्छन् ।

उनी तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ ।
अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘विगतका वर्षमा दैनिक सात/आठ क्वीन्टलसम्म बिक्री गर्थें,’ उनले भने, ‘यसवर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।’

उनले बोडीलाई रु ५० प्रतिकिलोमा बिक्री गर्दै आएका छन्, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आएका छन् । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा दुई लाखसम्मको कारोवार हुन्छ भने काँक्रा पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए ।

अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने उनी बताउँछन् ।

यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे