पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २, अाेखलढुंगा । </b>एक हप्ता अघि बेपत्ता भएका ओखलढुङगाको मोलुङ गाउँपालिका ५ का चन्दप्रसाद काफ्ले सम्पर्कमा आएका छन् । गत भदौ २६ गते बिहान घरैबाट बेपत्ता भएका ५१ बर्षिय काफ्ले आज बिहान १० बजे सम्पर्कमा आएका हुन् । आफु सिन्धुलीको खुर्कोटमा सकुसल रहेको र केही दिनमा घरआउने भनेर काफ्लेले फोन गरेको उनका ज्वाईं टंककुमार वाग्लेले जानकारी दिए ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/8e984e505b82746e5e4cc1651a2811661505714861.jpg" style="width: 100%; float: left;"> आफुले प्रयोग गर्ने मोवाईल पानीले भिजेर विग्रीएकाले तत्काल सम्पर्क गर्न नसकेको भएपनि सञ्चारमाध्यम मार्फत मानिस हराएको सुचना सार्वजनिक भएको थाहा पाएपछि परिवारलाई फोन गरेर आफु सकुसल रहेको काफ्लेले बताएको पारिवारीक स्रोतले जनाएको छ । काफ्ले हराएपछि परिवारजनले उनको खोजबिन गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको थियो । उनि सम्पर्कमा अाएपनि याे १ साता उनि कहाँ बसे भन्ने खुलेकाे छैन । </p><div><br></div>

