पढ्न करिब 1 मिनेट लाग्छ

नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले स्थानीय लाई भ्याईन भ्याई भएको छ ।

दशैको समय नजिकिए पनी दशै भन्दा काम कत्तिखेर सकिएला भन्ने सोचमा किसान रहेका छन । प्रति बर्ष काम सकिए पछी दशै पर्दा किसानले दशै हर्ष उल्लासका साथ मनाउने गरेका भएपनी यो बर्ष दशै पनी कामको सिर्जनमा परेकाले दशैको रौनकता खासै नहुने किसान हरु बताउँछन ।

दशै आउन अब १० दिन बाँकी रहदाँ मुगुका किसान बिहान देखि राती अबेर सम्म खेतबारीमा काममा बेस्त हुने गरेका छन । दशैको सुसार गरौ बारीमा लगाईका बाली पाकि सक्या यो सालको दशै भन्दापनी बर्ष भरी खाने अन्नको सम्हाल गनु पछ भन्ने सोचाईका साथ खेतबारी भोक प्यास नभनी बाली स्यहार्नमा बेस्त भएको छायाँनाथ रारा नगरपालीका किसान रिउली भण्डारीले बताउनुभयो ।

दशै आयोत धनी लाई आयो गरिब लाई के आयो आप्ना बर्ष भरी गरेको खेती छोडी को दशैको पुच्छ लाग्ने छ अधिकांस किसानको यस्तै भनाई छ ।