२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

२०७४, ५ आश्विन बिहीबार ११:२६

असोज ५, म्याग्दी। यहाँका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् । 

बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गर्नुभएको हो । माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले दानासरह पौष्टिक तत्व दिने र दानाको लागत घट्ने उहाँ बताउनुहुन्छ । 

दानाका रुपमा प्रयोग हुने गहुँ, जौ र मकैलाई भिजाएर पातलो टे«मा रुमालले छोपेर अँध्यारो कोठामा पानीको मात्रा र तापक्रम मिलाएर राखेपछि आठ दिनमा घाँस तयार हुन्छ । परीक्षण सफल भएपछि उहाँले सोही प्रविधि प्रयोग गरेर घाँस उत्पादन गर्न थाल्नुभएको छ । एक किलो दानाबाट १२ किलो घाँस उत्पादन हुने रिजालले बताउनुभयो । 

विसं २०७१ देखि सञ्चालित सो फार्ममा उन्नत बोयर र बोयर क्रस जातका बाख्रापालन गरिँदै आएको छ । छिटो हुर्कने, तौल बढी हुने, रोग कम लाग्ने बोयर जातको बाख्रापालनबाट चाँडो आम्दानी लिन सकिने रिजालले बताउनुभयो । करिब १७० किलोसम्म तौल हुने बोयर जातको खसी–बोका व्यावसायिक हिसाबले उपयोगी भएकाले स्थानीय जातको बाख्रा विस्थापित गरेर बोयर क्रस गराएर पाल्न थालेको उहाँले बताउनुभयो । 

सो फार्मबाट बोयर बोका र स्थानीय जातको बाख्राबाट जन्मिएका पाठापाठी बीउका रुपमा वार्षिक बिक्री हुने गरेको छ । तीस किलोको बोकालाई रु ५० हजारसम्ममा बिक्री गरिन्छ । करिब रु आठ लाखको लागतमा स्थापित सो फार्ममा तीन जनाले रोजगारी पाएका छन् । वार्षिक रु चार लाखसम्म आम्दानी हुने रिजाल बताउनुहुन्छ । हाल सो फार्ममा ४६ वटा बाख्रा रहेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै