रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।
२०८२, २४ चैत्र मंगलवार
कृषि गतिबिधी

एउटै घिरौला १० किलोको फलेपछि…

२०७४, २१ आश्विन शनिबार ०३:२३

रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।
पर्वत जिल्लाको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको वारीमा १० किलाकोे घिरौँला फलेको हो । साधारणतया एउटा घिरौँला १ देखि डेढ किलो सम्मको हुने गर्छ तर पौडेलको वारीमा १० किलोको घिरौँला फलेपछि धेरैजना अचम्मित भएका छन् ।

पौडेलले भने, ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, ‘यत्रो घिरौँला अहिले सम्म फलेको थिएन ।’ जेठमा रोपेको झालमा यो मात्रै हैन अरु पनि यस्तै ठुला ठुला आकारका घिरौँला फलेको उनले बताए । उनले यो घिरौँला विऊको प्रयोजनका लागि वचाईराखेको वताए । ‘तराजु ल्याएर जोखेको ठयाक्कै १० किलोको रहेछ, पौडेलले भने, ‘ तिन हात लामो छ ।’

वतिलो लाग्दै लामो रहेको वताउँदै पौडेलले वढ्दै जाँदा झण्डै डेढ मिटर लामो भएको उनले वताए । अस्वभाविक ठुलो घिरौँला फलेपछि उनको वारीमा हेर्न आउनेहरुको भिड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौषिएर वढेको कृषि प्राविधिकहरुले वताएका छन् ।
कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने,‘ मलिलो जग्गा, नियमित गोडमेल र सिँचाईको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुनसक्छ ।’ उनले पनि यत्रो ठुलो घिरौँला फलेको अहिलेसम्म नदेखेको वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस