रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।
१३ माघ २०८२, सोमबार
कृषि गतिबिधी

एउटै घिरौला १० किलोको फलेपछि…

२१ आश्विन २०७४, शनिबार ०३:२३

रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।
पर्वत जिल्लाको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको वारीमा १० किलाकोे घिरौँला फलेको हो । साधारणतया एउटा घिरौँला १ देखि डेढ किलो सम्मको हुने गर्छ तर पौडेलको वारीमा १० किलोको घिरौँला फलेपछि धेरैजना अचम्मित भएका छन् ।

पौडेलले भने, ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, ‘यत्रो घिरौँला अहिले सम्म फलेको थिएन ।’ जेठमा रोपेको झालमा यो मात्रै हैन अरु पनि यस्तै ठुला ठुला आकारका घिरौँला फलेको उनले बताए । उनले यो घिरौँला विऊको प्रयोजनका लागि वचाईराखेको वताए । ‘तराजु ल्याएर जोखेको ठयाक्कै १० किलोको रहेछ, पौडेलले भने, ‘ तिन हात लामो छ ।’

वतिलो लाग्दै लामो रहेको वताउँदै पौडेलले वढ्दै जाँदा झण्डै डेढ मिटर लामो भएको उनले वताए । अस्वभाविक ठुलो घिरौँला फलेपछि उनको वारीमा हेर्न आउनेहरुको भिड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौषिएर वढेको कृषि प्राविधिकहरुले वताएका छन् ।
कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने,‘ मलिलो जग्गा, नियमित गोडमेल र सिँचाईको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुनसक्छ ।’ उनले पनि यत्रो ठुलो घिरौँला फलेको अहिलेसम्म नदेखेको वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन