२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूध बिक्री गरी चार करोड आम्दानी

२५ आश्विन २०७४, बुधबार ०८:२३

असोज २५, पाल्पा । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् । 

मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् । 

उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३÷७४ मा रु चार करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो । 

सिद्धार्थ राजमार्गसँग जोडिएको मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा संकलन गरी पोखरा र तानसेनमा बिक्री गरिन्छ । डुम्रे दुग्ध उत्पादन सहकारीले यस क्षेत्रबाट दैनिक ५०० लिटर दूध बिक्रीका लागि पोखरा पठाउने गरेको छ । 

दैनिक ४०० लिटर दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध सदरमुकाम तानसेनमा बिक्री गरिन्छ ।  सो क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् । मदनपोखराका सुकदेव रिजाल गाईपालन गर्ने नमूना किसान हुन । उहाँले ४६ वटा गाई पाल्नुभएको छ । 

डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष राम्जी घिमिरे गाईभँैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश पलायन हुने क्रम रोकिएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने