2026-09-16 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

खिजीदेम्बामा गठबन्धन बलियो : नेता न्यौपाने

शेरसाङ्गे शेर्पा, ११,  खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बामा एमाले र माओवादी केन्द्रको गठबन्धन बलियो रहेको एमाले नेता कमल न्यौपानेले दावी गरेका छन् । खिजीदेम्बा ४ कातीचर्नालुमा एमाले र माओवादीका स्थानीय नेताहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटि सदस्य समेत रहेका न्यौपानेले यस्तो दावी गरेका हुन् । ‘खिजीदेम्बामा गठबन्धन बलियो छ र हामी प्रतिको नागरिको विश्वास पनि बढ्दो छ’ न्यौपानले भने‘संधै कांग्रेसका नेताहरु माननिय भईरहँदा यो क्षेत्रमा विकास त भएन भएन नेता समेत फर्केर आएनन् तर यज्ञराजले चुनाव चितेपछि त्यसलाई असत्य सावित गरिदिए यो हामीले भन्नु पर्दैन सबै जनतालाई थाहा छ ।’ खिजीमा इलाका प्रशासन र मालपोत स्थापना, देम्बा महोत्सव आयोजना लगायतका काम यज्ञराजको पहलमा भएका हुन् । 

क्षेत्र विकास कोषको बजेट र उनको पहलमा जुटेको अन्य सहयोग र स्थानीयको सकृयतामा अहिले खिजीदेम्बाको सबै वडाहरुमा सडक पुगेको र अझै धेरै काम गर्न बाँकी भएकाले आगामी निर्वाचनमा एमालेका उमेद्वार यज्ञराज सुनुवारलाई जनताले मत दिएर जिताउने न्यौपानेले विश्वास व्यक्त गरे । उनले वृद्धा आश्रम बनाउने भन्दा वृद्धभत्ता दिने पार्टी र नेतालाई जनताले भोट दिने भन्दै एमाले नेता अम्बिरबाबु गुरुगंकाे जित निश्चित रहेकाे दावी गरे ।  

कार्यक्रममा एमाले पालिका कमिटि संयोजक कोप बहादुर सुनुवारले गठबन्धनका उमेद्वारहरु  विजयी हुने दावी गर्नुभयो । वडा वडामा छलफल र अन्तरक्रिया गरेर एमालेले गरेका कामहरुबारे जानकारी गराउने काम भईरहेको भन्दै भने ‘मिठो चुनावी नारा लगाएर एमालेको विरोध गर्न विपक्षीलाई भ्याई नभ्याईछ,हाम्रो जति विरोध गर्न खोजेपनि जनताले पत्याउने छैनन्’ मातहतका सबै कमिटिलाई चुनावी प्रचारमा लाग्न संयोजक सुनुवारले निर्देशन समेत दिए । 

गठनबन्धनका अर्का नेता खुद बहादुर खत्रीले ओखलढुंगामा गठबन्धनका तीनैजना उमेद्वार विजयीहुने दावी गरे । संबिधान निर्माण देखि गाउँ गाउँमा सडक निर्माण सम्ममा गठबन्धनका नेताहरुले खेलेको भूमिका देखेर जनताले मत दिने उनको भनाई थियो । गठबन्धनले खिजीकातीमा चुनावी प्रचार समिति समेत बनाएको छ । 

असार १४ मा  सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको भएपनि एमाले र माओवादीका अध्यक्षले ल्याएको मतको तुलनामा कांग्रेस पछाडि छ । २०७० सालको संबिधिान सभाको निर्वाचानमा पनि साविकको इलाका नं.६ बाट कांग्रेसका बालकृष्ण दाहालको भन्दा एमालेका यज्ञराज सुनुवारले बढि मत ल्याएका थिए । खिजीक्षेत्रलाई कांग्रेसले आफ्नो गढ मान्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल