पढ्न करिब 4 मिनेट लाग्छ

कात्तिक २९,ओखलढुंगा । ओखलढुंगामा राप्रपाका पुराना नेता रेखनाथ न्यौपाने एमालेमा प्रवेश गर्नुभएको छ । लामो समय देखि राप्रपामा रहेर राजनिति गर्दै आउनु भएका न्यौपाने खिजी फलाटेमा आयोजित बामगठन्धनको विशाल जनसभाका बिच एमालेमा प्रवेश गर्नुभएको हो । गत स्थानीय तहको निर्वाचनमा खिजीदेम्बा गाउँपालिका प्रमुख पदका प्रत्यासि उमेद्वार समेत रहनुभएका न्यौपानेलाई एमाले केन्द्रिय सदस्य तथा बाम गठबन्धनका संघिय प्रतिनिधि सभाका उमेद्वार यज्ञराज सुनुवार र प्रदेश सभा क का उमेद्वार अम्बिरबाबु गुरुङ लगायतले एमालेमा स्वागत गर्नुभएको थियो ।

राप्रपा राजनितीको करिब तीन दशक लामो इतिहाँस पन्छाउँदै एमालेमा प्रवेश गर्नुभएका न्यौपानेले बाम गठबन्धनले मात्रै अब जनभावना अनुसार देशको विकास गर्न सक्ने बताउनुभयो । ‘मैले लामो समय राप्रपामा रहेर काम गरेँ,अहिले राप्रपाको नेतृत्व पनि अवसरवादी जस्तो भयो र भ्रष्टहरुको पार्टी कांग्रेससँग मिल्यो त्यसैले मलाई यहाँ बस्न उचित लागेन ।’ विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘बाम गठबन्धनले देशलाई निकास दिने संकेत दिएको छ त्यसैले म सहित ओखलढुंगाका अधिकांश राप्रपाका नेता कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका हौं,अब गठबन्धनलाई जिताउन लाग्छौं ।’ न्यौपानेले राप्रपाका ओखलढुंगाका पुराना प्रभावशाली नेताहरु सहित आफु एमालेमा प्रवेश गरेको दावी गर्नुभयो । खिजीदेम्बाका सबै राप्रपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरिसकेका छन् ।

न्यौपाने सहित राप्रपाका नेता एमालेमा प्रवेश गरेसँगै गठबन्धनको जितमा थप टेवा पुगेको बामगठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले बताउनुभयो । प्रभावशाली नेताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिईने उहाँले घोषणा समेत गर्नुभयो । ‘रेखनाथ बुबा जस्तो मान्छेको आशिर्वाद मात्रै पाउँदा त हामी चुनाव जित्छौं भन्ने थियो,अब उहाँहरुको साथपनि मिलेको छ,त्यसैले गठबन्धनको जितलाई कसैले रोकेर रोक्न सक्दैन ।’ सुनुवारले भन्नुभयो ‘उहाँहरु हाम्रा लागि सँधै सम्मानीत व्यत्तित्व हुनुहो उहाँहरुलाई पार्टी सम्मान र उचित जिम्मेवारी दिनेछ ।’ आफु पहिलो पटक सांसद निर्वाचित हुँदा ६०१ मिटरको फुलको मालाले सम्मान गर्ने खिजीबासीले भारि मतले आफु र गठबन्धनका उमेद्वारलाई विजयी गराउने सुनुवारले विश्वास व्यक्त गर्नुभयो ।

एमाले नेता तथा प्रदेश सभा उमेद्वार अम्बिरबाबु गुरुङले राप्रपा परित्याग गरि एमालेमा प्रवेश गर्ने नेता न्यौपाने सहितका नवप्रवेशीहरुको आगमनले गठबन्धन साँच्चै बलियो भएको बताउनुभयो । ‘हामी गठबन्धनका साथीहरुको साथ र तपाई सबै मतदाताको मतले मात्रै त जित्छौं भन्नेमा थियौं अब त उहाँहरु जस्तो मान्छे हामीले पाएका छौं,यहाँ हामीले नजिते कस्ले जित्छ अब चुनाव ।’ आफु सांसद भएको औपचारीक घोषणा हुन मात्रै रहेको बताउँदै नेता गुरुङले चुनावी नतिजा पछि आफुले कार्ययोजना बनाएर जिल्लाको विकासमा लाग्ने र नमुना जिल्लाको रुपमा विकास गर्ने बताउनुभयो । खिजीमा कांग्रेस परित्याग गरि गठबन्धनमा प्रवेश गर्नेहरुको बुधबार दिनभर लहर नै चलेको चुनावी अभियानमा रहेका गोपाल नेपालले जानकारी दिनुभयो ।

को हुन् राप्रपा एमालेमा विलय गराउने रेखनाथ ?

२००७ साल कार्तिकमा जन्मीएका रेखनाथ न्यौपानेले आफ्नो उमेरको १३ वर्ष देखि नै तत्कालीन राणाकालीन अवस्थामा रहेको छापलाई मुखियाको ठेकि बेठी तिर्दै राजनितीक यात्रा सुरु गर्नु भएको थियो । उहाँका अनुसार त्यसबेला तालुकदार र पञ्चायत दुबैको आदेश पालना गर्नुपर्ने अवस्था थियो । उहाँ त्यो अवस्थामा पनि जनताको भावना अनुसार जनपक्षीय भएर काम गर्नुहुन्थ्यो ।

२०१७ सालमा राजा महेन्द्रबाट पञ्चायती व्यवस्था लागु भएपछि २०२३ सालमा राजा महेन्द्रबाट क्रान्तिकारी भूमिसुधार लागुभयो । पञ्चायतमा नै आस्था राख्दै पञ्चायती नितीलाई पालना गर्दै न्यौपाने बढ्नुभएको थियो ।

खिजीचण्डेश्वरी कुण्डली बुथको संरक्षण समितिको संयोजकको भूमिकामा रहनु भएका न्यौपाने निर्दलिय पञ्चायतको पक्षमा उभिनु भएको थियो । विगत सम्झँदै उहाँ भन्नुहुन्छ ‘त्यो मेरो राजनितीक सुरुवाती दिन थियो । नभन्दै पञ्चायती व्यवस्था विजयी भयो ।’ न्यौपानेले २०४३ सालमा स्थानीय चुनावबाट अत्याधिक मतले वडा अध्यक्षमा विजयी भई ५ वर्ष वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यसपछिका विभिन्न राजनितीक परिवर्तनहरुलाई नियालेको बताउँदै उहाँ भन्नुहुन्छ ‘देशका सबैजसो पछिल्ला राजनितीक घटनाक्रमलाई मैले नजिकैबाट नियालेको छु र हरेक परिवर्तनका खातिर लड्ने म एउटा योद्धा पनि हुँ ।’

२०४८ सालमा स्वर्गीय प्रधानमन्त्री सुर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता गरि सबै विगठीत पञ्चहरु राप्रपामा रहनुपर्छ भन्ने आवहन गर्दै पत्र लेखेपछि राप्रपामा आवद्ध हुनुभएका न्यौपाने २०७४ कार्तिक २९ गते बुधबार सम्म राप्रपाले गरेको निर्णय र उक्त पार्टीकै प्रतिनिधित्व गर्दै गाउँ,टोल समाज,जिल्ला देश र पार्टीका लागि योगदान गरिरहनु भएको थियो । अति संकटको घडिमा पनि स्थिर भएर म राप्रपामा बसिरहेको स्मरण गर्दै उहाँले भन्नुुभयो ‘पुरानो पार्टीमा भएपनि नयाँ युवा पुस्ताले ल्याएका हरेक परिवर्तनलाई मैले स्विकार गर्ने गरेको थिएँ,अब बामगठबन्धनमा रहेर समाजसेवा गर्छु ।’ संघियता कार्यान्वयन सँगै २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा राप्रपा बाट खिजिदेम्बा गाउँ पालिकाको अध्यक्षमा न्यौपाने उमेद्वार बन्नु भएको थियो । केन्द्र र जिल्लाका नेताहरु नै पार्टीको नितीप्रती जिम्मेवार नभएकाले पार्टी परित्याग गरेर युवाहरुको साथमा हरेर बाम एकतालाई सहयोग गर्न आफु गठबन्धनमा प्रवेश गरेको उहाँको भनाई छ । आफुले समुदायको सेवामा जीवन समर्पित गरेको भन्दै उहाँ भन्नुहुन्छ ‘ जीवनभर समाजसेवा गरेँ,मैले राजनितिमा लागेर धेरै कुरा गुमाएँ तर नाम पाएँ पहिचान बनाएँ त्यसैमा म सन्तुष्ट छु ।’