2026-09-16 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको चुनाव : कुन नेताले कहाँबाट मतदान गरे ?

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । ओखलढुंगामा शान्तिपूर्ण रुपमा मतदान जारी छ । संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा बिहान ७ बजेदेखि नै मतदाताले निकै उत्साहका साथ मतदान गरिरहेका छन् । संघीय संरचना अनुसार पहिलोपटक भएको चुनावमा जिल्ला स्थित विभिन्न दल र स्वतन्त्र उमेद्वारहरुले शुरुमै आफुलाई भोट हालेका छन् । उमेद्वारहरुले भोट खलाल्ने सबै मतदान केन्द्रमा उमेद्वारलाई नै पहिलो मत खसाल्न दिईएको छ । 

एमाले केन्द्रिय सदस्य तथा बामगठबन्धका संघिय प्रतिनिधि सभा सदस्य उमेद्वार यज्ञराज सुनुवारले मोलुुङ गाउँपालिका ५ स्थित शिवदुती मावि ख मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका संघिय प्रतिनिधि सभा सदस्य उमेद्वार रामहरि खतिवडाले मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्ले स्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यसैगरी गठबन्धनका प्रदेश सभा क तर्फका उमेद्वार अम्बिर बाबु गुरुङले सिद्धिचरण नगरपालिका ५ स्थित रुम्जाटार मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गठबन्धनका प्रदेश सभा ख का उमेद्वार मोहन खड्का हिमशिखरले लिखु गाउँपालिका २ सिँहदेवी स्थित हुलाक चौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका प्रदेश सभा क का उमेद्वार मित्रसेन दाहालले मोलुङ गाउँपालिका स्थित बरुणेश्वर मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । कांग्रेसका प्रदेश सभा ख का उमेद्वार प्रदिप सुनुवारले भने आफुलाई मतदान गर्न पाएनन् । उनि क्षेत्र क का मतदाता भएपनि क्षेत्र ख बाट उमेद्वार बनेका छन् ।

त्यस्तै प्रदेश सभा ख का स्वतन्त्र उमेद्वार ज्ञानेन्द्र रुम्दालीले मानेभञ्ज्याङ गाउँपालिका मोली स्थित कालिका मावि ख मतदान केन्द्र मार्फत मतदान गरेका छन् । संघिय समाजवादी फोरमका प्रदेशसभा क का उमेद्वार नेत्र बहादुर नेम्बाङले सिद्धिचरण नगरपालिका १२ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ओखलढुंगामा नेपाली कांग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेश्नल अर्गनाइजेशन लगायत ९ दलका २१ र स्वतन्त्र १ सहित २२ जना चुनावी प्रतिस्पर्धामा छन् । ओखलढुंगामा आज १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल