२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आत्मनिर्भर बनाउदै कृषि प्राबिधिक शिक्षा

२०७४, ६ पुष बिहीबार १३:१०

टेक शाही | साझासवाल / पुस ०६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक खोलीएको प्राबिधिक शिक्षाको बिद्यालयबाट बिद्यार्थि आत्म निर्भर बन्दैछन । डोल्पा जिल्लाको आदर्श आधारभुत माध्यामिक बिद्यालयमा २०६९ सालबाट सञ्चालित सामुदायीक बिद्यालयमा प्राबिधिक शिक्षालयका रुपमा स्थापित यो कृषि जेटिएले बिद्यार्थिलाइ आत्मनिर्भर बनाउदै आएको छ ।

आफनै जग्गा तथा भौतिक सँरचना नभएको यस प्राबिधिक शिक्षलयले भाडाको घर तथा जग्गामा कृषि पढने बिद्यार्थिका लागि सेवा दिदै आएको छ । २७ जना केटि र १३ जना केटा बिद्यार्थि सहित ४० जनालाइ कृषि सम्बन्धी अध्यापन गराउने गरेको कृषि प्राबिधिक कोर्डिनेटर शुसिल भण्डारीले जानकारि दिए । उनले भने कृषि प्राबिधिक पढेका कुनै पनि बिद्यार्थीहरु खाली बसेका छेनन कसेले जागिर त कसैले ब्यावसाय गरेको बताए । 


करिव एक रोपनिको क्षेत्रफलमा रहेको जग्गा भाडामा लिएर तरकारि तथा फलफुलहरु उत्पादिन गरि बार्षिक साढे एक लाख रुपैया बचत गर्ने गरेको शुसिलले बताए । दैनिक खानको लागि खपत भइ बाहिर बिक्रि गरेको तरकारि तथा फलफुलबाट प्राबिधिक शिक्षलयको आम्दानीमा जम्मा हुने उनले बताए ।

हाल पनि डम्म जमेको बरफमा बन्दका डल्ला,हेर्दै डरलाग्ने मुला,स्टाबेरि,प्याज,गाजर,रायो,स्याउका बिरुवा र ओखरका बिरुवाले सुख्खा जमिनमा हरियालि दिएका छन । कृषि पढदै गरेका बिद्यार्थि भन्छन खुसि छु भोली घरमा गएर यसरि नै जिवीको पार्जन गर्छौ जागिर नै खानु गपर्छ भन्ने छैन । कृषि प्राबिधिक शिक्षाले आत्मनिर्भर बनायो कुनै दुख छैन सबै खाले सिप सिकीयो हामीले रोजेको बाटो हाम्रा लागि ठिक छ उनिहरु खुसि ब्यmतm गर्छन । 

दुइवटा केटिहरुको होष्टेल र एक केटाहरुको हरुको बस्ने होष्टेल छ । तर ति तिनवटे भाडाका घर हुन । बिदेशमा जाने सपना बोकेको मान्छे उच्च हिमाली जिल्ला डोल्पामा आएर कृषि प्राबिधि शिक्षा प्रदान गर्न पाउदा पाल्पका शुसिल भण्डारि खुसि ब्यतm गर्छन । बिद्यालयको अनुगमनमा पहिलो पटक डोल्पा पुगेका शिक्षा बिभागका महानिर्देक बाबुराम पाण्डेले सहि बाटो रोजेकोमा खुससि व्यक्त गर्दै धन्यवाद दिए ।


पहिले पहिले स्थानीय स्तरमा मात्र बिद्यार्थिको छनौट हुने गरेको भए पनि हाल छिमेकी जिल्ला जाजरकोट,रुकुम,जुम्ला देखि पनि कृषि जेटिए पढ्न आउने गर्दछन । पाचौँ ब्याजले पास गर्ने बेला भएको छ तर आज सम्म पास गरेर गएका कुनै पनि बिद्यार्थि खाली बस्नु नपरेको आर्दश माध्यामिक बिद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर डाँगी बताउछन । 

डोल्पा जस्तो दुर्गम हिमाली जिल्लामा कृषि सबन्धी प्राबिधिक शिक्षाले शिक्षामा फरक पन ल्याएको नागरिक समाजका अगुवा स्ुरेन्द्र ढकालले बताए । उनले भने कृषिले हरेक नागरिकलाइ आत्मनिर्भर  बनाउछ जुसले गर्दा कुनै पनि नागरिक बेरोजगार भएको महसुस गर्दैन । 

भोगोलिक बिकटता र प्रयाप्तमात्रामा प्राबिधिक कुराहरु नभएको जिल्लामा भिडियो मार्फत बिद्यार्थिलाइ कृषि शिक्षा दिने गरिएको प्राबिधिक शिक्षाका प्रमूख शुसिल बताउछन ।

जिल्ला कृषि बिकास कार्यालयको आर्थिक तथा प्राबिधिक सयोग,जिल्ला शिक्षा कार्यालयको सहयोग र अन्य दातृ निकायको सहयोगमा यस प्राबिधिक शिक्षालयमा बढेका बिद्यार्थिले ओजेटि गर्ने गर्दछन । पहिलेका बर्षमा एस्एलसि पास भएकालाइ १५ महिने कोर्ष दिएको र त्य पछि एसएलसि फेल भएकालाइ २९ महिने कोर्ष दिएको प्रधानाध्यापक पूर्ण बहादुर डाँगिले जानकारि दिए । उनका अनुसार हाल अध्यनरत बिद्यार्थिले १८ महिने कोर्ष गरेको र ओजेटिका लागि काटमाण्डौ,नेपालगञ्ज,सुर्खेत,दाँग,बर्दिया,कैलाली,जुम्ला र पोखरा लगायतका ठाँउमा दातृ निकाय तथा सरकारी पहलमा जाने गरको बताए । 

डोल्पा जस्तो दुर्गम  तथा उच्च हिमाली जिल्लामा प्राबिधिक शिक्षाको ठुलो महत्व हुने देखिन्छ । पछिल्लो समय अभिभाबक पनि प्राधिक शिक्ष तर्फ आर्कषित भएको बसद्धिजीविहरुको अनुमान रहेको छ । अबको शिक्षामा अर्गानिक कृषि तथा खाद्य वालि उत्पादनमा जोड दिनु पर्ने कृषि बिज्ञहरु बताउछन । पछिल्लो समय डोल्पामा कृषि तथा भेटेनरि जेटिएको माग बढ्दो अबस्थामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण