पुस १७, दार्चुला । दार्चुलाका खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा बाँझै रहेका छन् ।
सिँचाई सुविधा भएका ठाउँमा गहुँ छरिसकेको भए पनि सिँचाई सुविधा नभएको ठाउँमा पानी नपर्दा जमिन बाँझै रहेको हो ।
दार्चुलाको लेकम गाउँपालिकामा सिँचाई सुविधा नहुँदा गहुँ छर्न किसानहरुले बताएका छन् ।
लेकम गाउँपालिका –१ सेजालीमा केही खेतीयोग्य जमिनमा गहुँ छर्न बाँकी रहेको स्थानीय मानबहादुर कार्कीले बताउनुभयो । सिँचाई सुविधा भएको क्षेत्रमा गहुँ छरेको भए पनि केही स्थानमा खेतबारी बाँझै रहेको उहाँले बताउनुभयो । आधा पुस जाँदा समेत पानी नपर्दा गहुँ छर्न बाँकी रहेकोले यस बर्ष गहुँ उत्पादनमा कमी आउने देखिएको छ ।
दार्चुलाको ५ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने भए पनि अझै ४ सय ७७ हेक्टर जमिनमा गहुँ छर्न नसकेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा अधिकांश क्षेत्रमा सिँचाई सुविधा नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।