२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महले यसरी बनायो ‘कृषकलाई मालामाल’

२०७४, ५ माघ शुक्रबार ०७:०३

नन्दराम जैशी/माघ ५, जुम्ला । हरेक बर्ष जुम्लाले महबाट करोडौ आम्दानी लिने गरेको तथ्याङक छ । 

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका जहाँसुकै स्थानमा मौरी पाइन्छ । जुम्लाका सबै ठाँउमा मौरी  व्यवसाय गर्न वातावरण अनुकूल भएपछि मौरी ब्यवसायबाटै कृषकहरु लखपति बन्न थालेका छन् । कतिपय विभिन्न समुह र सहकारीमा आबद्ध भएर त, कतिपयले ब्यक्तीगत रुपमा पनि मौरीपालन गरीरहेका छन् ।   

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार गत वर्ष जुम्लाले ४ करोड बढि महको कारोबार गरेकोमा यस बर्ष भने, ३ करोड बढिको मात्र मह उत्पादन भएको छ । यो गत बर्षको तुलनामा यस बर्ष झण्डै २० प्रतिशतले मह उत्पादनमा ह्रास आएको हो । 

व्यवसायीक रुपमा गरिएको मौरी घारहरु र पत्रकार तथा मौरी पालक शरोज शाही मौरीको मह निकाल्दै ।  

गत वर्ष साढे ४ सय मेट्रिकटन मह उत्पादन भएकोमा यस बर्ष ३ सय बढि मेट्रिकटन मात्र मह उत्पादन भएको कार्यालयका सुचना अधिकारी बालकरामम देवकोटाले जानकारी दिए ।

‘असोजमा फुल फुल्ने बेला बेस्सरी भएको वर्षातका कारण गत वर्ष भन्दा यस बर्ष २० प्रतिशतले मह उत्पादनमा कमी आएको हो, जुम्लाको अर्गानिक महको विश्व बजारमा बढ्दो माग छ । 

जुम्लाको मह भारत, जापान, अमेरीका, चिन लगाएतका देशमा निर्यात हुन्छ’ उनले भने, अहिले मौरीपालन ब्यवसायमा जुम्लाका युवाहरुको आकर्षण बढ्दै गएको पाइन्छ । 

पत्रकारिता संगै मौरीपालन  

चन्दननाथ नगरपालीका ५ का सरोज शाहि फोटो पत्रकार हुन् भने, उनि कान्जिरोवा टाईम्स मासिक पत्रिकाका सम्पादक पनि हुन् । झण्डै डेढ दशक पत्रकारितामा समय विताएका शाहि अहिले व्यवसायीक मौरी पालनमा जुटेका छन् । शाही पत्रकारिता संगै मौरीपालनमा लागेपछि धेरैलाई प्रेरणा पनि मिलेको छ । 

जुम्लामा मौरीपालनको बढ्दो सम्भावनालाई मध्यजनर गर्दै उनले एक बर्ष अघि मौरीपालन शुरु गरेका थिए । २० भन्दा बढि मौरी घार भएका उनले यस वर्ष मह विक्रीबाट झण्डै ३ लाख आम्दानी गरेका । 

अहिले उनि अन्य युवाहरुलाई पनि मुख्य पेशा नभएपछि सहायक पेशाका रुपमा मौरी ब्यवसाय गर्न सुझाउछन् ।  शुरु शुरुमा मौरी पालन अलि चुनौतीको रुपमा लिएका उनले अहिले सामान्य काम ठानेका छन् । 

राजनितिसँगै मौरीपालन 

जुम्ला चन्ददनाथ नगरपालिका ३ निवासी रामकृष्ण बुढ्थापाले जीवनको ३ दशक राजनितिमा विताएका छन् । 

राजनिति गर्दै गर्दा नेमकिपाका केन्द्रिय उपाध्यक्ष समेत बन्नुभएका उनि नयाँ शक्ति पाटीको जिल्ला संयोजकको रुपमा पनि एक वर्ष बिताए । आर्थिक समृद्धि गर्न कृषि पेशाको विकलप नदेखेका उनि विगत लामो समयदेखि मौरीपालन व्यवसाय पनि गर्दै आएका छन् । नेपालमा राजनिति गर्नु भन्दा कृषिबाटै समाजलाई ठुलो राहात प्रदान गर्न सकिने उनको बुझाई छ । 

अहिले झण्डै २० वटा भन्दा बढि मौरीका घारहरु उनले उत्पादन गरेका छन्, भने, यस वर्षमा मात्रै, मह विक्रीबाट उनले २० लाख भन्दा बढि आम्दानी गरे । अहिले ५ जना कामदारलाई उनले मौरीपालनमा व्यवसायमा रोजगारी समेत दिएका छन् । 

बुढ्थापाले ठोकुवा गर्दै भने, ‘जिल्लामा मौरी ब्यवसायको अधिकतम सम्भावना छ, मौरी पालनलाई व्यवसायीकता दिए महबाटै करोडौँको कारोबार गर्न सकिन्छ’ ।         

सरकारबाट सम्मानीत  

यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापासँथै देशभरका ५ जना मौरी कृषक सम्मानित भएको छन् । विश्व खाद्य दिवसका अवसरमा नेपाल सरकारले बुढ्थापासँगै देशभरका ५ जना कृषकलाई राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो ।   

जसमा एपि सेरानामा जातको मौरीपालन कृषकतर्फ जुम्लाका रामकृष्ण बुढ्थापा, धादिङका नारायण घिमिरे र कास्कीका शिवराम भण्डारी पुरस्कृत भएका छन्, भने एपि मेलिफेरा जातको मौरीपालन कृषक तर्फ सर्लाहिका मनोजराज सिंह र नवलपरासिका अन्य २ जना मौरीपालक कृषक पुरस्कृत भएका हुन् । 

राष्ट्रिय मौरी पालन विकास कार्यक्रम गोदावरी ललितपुर र ब्यवसायिक किट विकास निर्देशनाय काठ्माडौको सिफारिसमा कृषकहरु सरकारबाट पुरस्कृत भएका थिए । उनिहरुले पुरस्कार स्वरुप रु १० हजार नगद रकम सहित सम्मानपत्र प्राप्त गरेका थिए ।     

जुम्ला मौरी पर्यटनका रुपमा विकास हुदै  

जुम्लालाई मौरी पर्यटनका रुपमा विकास गरीने भएको छ । जसका लागी कर्णाली मौरी पालन सहकारी संस्थाले ठोस योजना बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छ । 

जुम्लामा मौरी पालनको सम्भावना प्रचुर भएकाले यसको व्यवसायीकता प्रर्वद्धनसंगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गर्ने कार्ययोजना बनाईदैछ । बजेट अभावका कारण जुम्लामा मौरी चरनखर्क व्यवस्थापनमा केहि ढिलाइ भएपनि चाडै व्यवस्थापन गरिने संस्थाका अध्यक्ष शिवलाल डाँगीले बताए । 

जुम्ला कृषि उपज उत्पादनका हिसाबले निकै राम्रो मानिएपनि त्यसको बजारीकरण र आर्थिक विकासमा देखिएको समस्यालाई हल गर्न मौरी पर्यटनका रुपमा विकास गर्न ठोस योजना बनाईने उनले बताए । 

जुम्लालाई अर्गानिक महको पकेट क्षेत्रका रुपमा विकास गर्न मौरी पालनमा बढावा दिन थालिएको छ, भने जिल्लाभरिका मौरी घारको तथ्याङ्क पनि सङ्कलन गर्ने तयारी भैरहेको छ । 

बोट विरुवाको फुल फुल्ने समयमा ठुलो वर्षात हुने, मौरीको चरण क्षेत्रको अभाव र उचित घारको व्यवस्थापन नहुनुले अहिले मौरी व्यवसायीकतामा चुनौती थपिएको छ । तर यिनै समस्यालाई मध्यनजर गरी कार्य योजना बनाइ अघि बढ्ने कृर्षिसँग सम्बनधति सरोकारवालाहरुले बताएका छन् ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस