2026-06-28 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्वस्थता जाँच लागू नहुदा बालीमा रोग फैलिँदै

2018-01-23

माघ ९, ललितपुर | देशभित्र एक ठाउँको बीउ वा बिरुवा अन्यत्र लैजानका लागि ‘स्वस्थताको प्रमाणपत्र’ लिने नियम नहुँदा एकातिर भएको बालीको रोग सबैतिर फैलिने गरेको छ । 

कृषि विभागअन्तर्गतको बाली संरक्षण निर्देशनालयले देशबाट निर्यात गर्ने वा अन्य मुलुकबाट आयात गर्ने बीउ÷बिरुवामा स्वस्थता जाँच लागू गरेको छ । एउटा जिल्लाबाट अर्कोमा लैजाँदा सो व्यवस्था लागू गरिएका छैन । 

निर्देशनालय अन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलका अनुसार पहिले एक ठाउँमा मात्रै देखिएका कीरा वा रोग देशभर फैलन सक्ने खतरा छ । “आफन्तको घरबाट बीउ वा बिरुवा लैजाँदा सँगै रोग लैजाने सम्भावना रहन्छ । रोग लागेका तरकारी काटेर पखाल्दा माटो फालेको ठाउँमा रोग फैलने गर्छ,” उहाँले भन्नुभयो । 

काठमाडौं उपत्यकाको बन्दा र काउलीमा मात्रै देखिएको गाँठे रोग अहिले देशका धेरै ठाउँमा फैलिएको उहाँको भनाइ छ । कार्यालयले बिरुवा संरक्षण निर्देशिका, २०६६ अनुसार देशबाट निर्यात गर्ने र अन्य देशबाट आयात गरिने बीउ÷बिरुवाको जाँच गरेर स्वस्थता प्रमाणपत्र दिने गरेको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी