२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा भकारीमा अदुवा भण्डारण गर्ने नयाँ प्रविधि विस्तार हुँदै

२०७४, १३ माघ शनिबार १०:५७

शंकर के सी/माघ १३, सल्यान । अदुवा भण्डारणको उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत सम्म भण्डारण क्षती हुने भएकाले किसानहरुले नयाँ प्रविधी मार्फत विउ भण्डारण गर्न थालेका छन् । 

नेपालको एक मात्र अदुवा वालि अनुसन्धान कार्यक्रमले विकास गरेको भकारी भण्डारण प्रविधि अनुसरण गरेर किसानहरुले अदुवाको विउ भण्डारण गर्न थालेका हुन् ।

पुरानो तरिका अथवा खाडलमा अदुवा भण्डारण गर्दा टुसा चाँडो उम्रने, ढुसि लाग्ने तथा तौल घट्ने जस्ता समस्या आउने भएकाले अदुवा भण्डारणको नयाँ प्रविधि ‘काँचो इटाको भकारी भण्डारण’ विकास गरिएको अदुवावालि अनुसन्धान कार्यक्रमले जानकारि दिएको छ । 


सल्यानको कपुरकोटमा अवस्थीत यस कार्यक्रमका वालि रोग वैज्ञानीक प्रमोद वाग्लेले ताजा अदुवामा ८५ प्रतिशत सम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्न जाने हुँदा सुरक्षित भण्डारण आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले भकारी भण्डारण प्रविधि विकास गरेर कृषि विकास मन्त्रालय, किसान लगाएतलाइ जानकारि गराएका छौँ र यो प्रविधि किसानका लागी पनि प्रभावकारि मानिएको छ ।’ 

यस प्रविधि कोठाभित्र गरिने हुँदा घर वाहिर खाडल भण्डारण भन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन । ‘यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इटा प्रयोग गर्नुपर्छ,’ वैज्ञानीक वाग्लेले अघि भने, ‘इटा सुकिसकेपछि क्रमशः माटोले जोडि आवश्यकता अनुसारको भकारिको आकार निर्माण गर्नपर्छ ।’

सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारिमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने बताइएको छ । कार्यक्रमका प्राविधिक अधिकृत खेमराज शर्माले भकारि निर्माण भइसकेपछि बालुवा १० सेन्टीमिटर र अदुवा २५ सेन्टीमिटरले क्रमश राखी त्यसमाथी १० सेन्टीमिटर बालुवा राखी प्लाष्टीकले छोप्नुपर्ने बताए । 

भकारि आवश्यकता अनुसार सानो या ठूलो बनाउन सकिने शर्माले बताए । यस प्रविधि अपनाएर मंशिर देखि चैत्र, बैशाख सम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उनको भनाइ छ ।

यो प्रविधी आफुहरु किसानहरुकहाँ प्रत्येक वर्ष गएर जानकारि गराउने, त्यहिँ बसेर भकारि निर्माण गरिदिने गरेको वालि रोग बैज्ञानीक वाग्लेले बताए । उनका अनुसार सल्यान लगाएत पाल्पा, इलाम, डोटि, कैलाली लगाएतका जिल्लाका किसानहरुले भकारि भण्डारण प्रविधि अवलम्बन गर्दै गएका छन् । 

छानो भएको ठाउँ वा घरभित्र भकारि निर्माण गर्नुपर्ने वाग्लेले बताए । यस प्रविधिलाइ अदुवावालि अनुसन्धान कार्यक्रमले विक्रम संवत् २०७१ साल देखि व्यापक रुपमा विस्तार गर्न थालेको हो ।

यो प्रविधि अन्तर्गत भकारी निर्माण गर्न शुरुमा किसानलाइ झण्जटिलो देखिएपनि नोकसान कम हुने भएकाले पछि फाइदा पुग्ने वाग्लेको भनाइ छ ।  विउ प्रयोजनका लागी अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आइ विउको गुणस्तरता घट्न गइ दरिलो र पुष्ट विरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानीकहरुको भनाइ छ । 

समुद्री सतहदेखि १४८० मिटर अग्लो स्थानमा रहेको अदुवा वालि अनुसन्धान कार्यक्रम कपुरकोटले संचालन गरेको परिक्षणको नतीजा अनुसार कोठाभित्र भकारिमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो । 

उसले यस प्रविधिलाइ अनुशरण गर्न किसानहरु र प्रविधि विस्तारमा सहयोग गर्न विभिन्न किसानका लागी काम गर्ने सरकारि तथा गैर सरकारि कार्यालय, संस्थाहरुलाइ आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै