2026-09-16 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

किबी जोन सञ्चालन हुने भएपछि इलामका कृषक खुशी

माघ १३, इलाम । व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

पाँच सय हेक्टर क्षेत्रफलमा जोन क्षेत्र फैलने जनाइएको छ । जोन स्थापना भएपछि कृषि पूर्वाधार र यान्त्रीकरणमा सहुलियत पुग्ने किबी फ्रुुट एशोसिएशनका केन्द्रीय सदस्य देवकुमार राईले बताउनुभयो । 

जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गरिने बताइएको छ । 

किबी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर मग्रातीले बताउनुभयो । 

यहाँ प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । जिल्लाका जमुना, सुलुबुङ, मावु, माईमझुवा, लुम्दे, आमचोकलगायतका गाउँमा किबीको व्यावसायिक खेती शुरु गरिएको छ । 

किबी खेतीमा कृषकको बढ्दो आकर्षणसँगै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), कमर्सियल एग्रिकल्चर एलाइन्सजस्ता संस्थाले यस अघि किबी खेतीका लागि लगानी गर्दै आएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल