२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तलामा देखिन थाल्यो नयाँ रोग, किसान चिन्तित

२०७४, १५ माघ सोमबार ०९:४५

माघ १५, म्याग्दी | सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ । 

अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ राखुका खिम पुनले बताउनुभयो । 

राखु, मरेक, बास्कुना, बरञ्जा, भोर्नेनी, रुन्मा, ताकम, बिम, दोसल्ले, भुरुङ, नारच्याङ, घारको बगैँचामा कालो दाग लाग्ने रोग फैलिएको छ । दाग लागेको सुन्तलाको दाना कृषि प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । कत्लेकीरा, सुतिमोल्ड र मिलीबग कीराका कारण सुन्तलामा कालो दाग लाग्ने समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । 

“प्रकोपका रुपमा फैलिन थालेकाले नियन्त्रणका लागि पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “बगैँचाको सरसफाइ र व्यवस्थापन नहुँदा यस्तो समस्या देखिएको हो ।” कृषि विज्ञ र प्राविधिकको टोलीले बेनी नगरपालिका–३ राखुको सुन्तला बगैँचाको निरीक्षण गरी कृषकसँग छलफल गरेको छ । 

क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर राना, क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत माधवप्रसाद लम्साल, कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि विज्ञ लोकनाथ अर्याल र बागवानी विकास अधिकृत थापाले बगैँचाको अवलोकन गरी कृषकसँग छलफल गरेको हो । 

म्याग्दीको ६८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने यस वर्ष दुई हजार २६५ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै