महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँ"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रदेश ४ कै पहिलो चित्रेलाइ बालमैत्री घोषणा -भिडियो हेर्नुहोस

२०७४, १६ माघ मंगलवार ०४:२२

महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँगै चित्रेलाई प्रदेश ४ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरी, प्रदेशसभा (क) का सांसद नेत्रनाथ अधिकारीले संयुक्त रुपमा चित्रेलाई बालमैत्री घोषणा गरेका हुन् ।

कार्यक्रममा सांसद पदम गिरीले बाल्दै जिल्लालाई बालमैत्री घोषणा गर्नको लागि अभियान चलाउनुपर्ने बताए । वडामात्रै सिमित नरहि जिल्लालाइनै बालमैत्री जिल्लाका रुपमा घोषणा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । जिल्लाका ६१ वडानै बालमैत्री हुनुपर्नेमा उनको जोड थियो । गिरीले अब बामगठबन्धनको सरकार बनेलगत्तै देशमा विकासको मुल फुट्ने बताए । पाँच बर्षको लागि आफूले काम गर्ने जनताको जनमत प्राप्त गरेका कारण सोही अनुसार आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए । गिरीले अब जिल्लाको विकास गर्नको लागि आफूहरु अग्रसर हुने बताए ।

प्रदेशसभा कका सांसद नेत्रनाथ अधिकारीले सवै विकासको लागि अग्रेसर हुने बताए । अब जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा विकास गर्नको लागि सवै तह र तप्काका व्यक्तिहरु लाग्नुपर्ने बताए । उनले पनि पाँच बर्षको लागि जिल्लाको विकास गर्नको लागि जनादेश प्राप्त भएका कारण सोहि अनुसार काममा लाग्ने बताए ।

अधिकारीले बालमैत्री मात्रै नभएर जिल्लालाई आत्मानिर्भर बनाउनेतर्फ पनि सवै लाग्नुपर्ने बताए । स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्वरोजगार हुने बाटोतर्फ उन्मुख हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमम समानुपातिक तर्फ प्रदेशसभाकी सांसद ललितकला गुरुङ, पूर्व सांसद कल्पना चापागाई, जिल्ला समन्वय समितिका संयोजक मनोहरि वि पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए ।

पर्वत खुला दिशामुक्त जिल्ला घोषणा भैसकेको छ भने पूर्ण साक्षर जिल्ला घोषणा यहि माघ १८ गते हुने तयारी छ । त्यस्तै पूर्ण सरसफाइ वडा र धुवामुक्त घोषणा वडाको अभियान चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस