२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कुश्मामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु

१८ माघ २०७४, बिहीबार ०८:३६

माघ १८, पर्वत | कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती यहाँ पुनः शुरु गरिएको छ । 

कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग बढ्दै गएपछि कन्दमूल खेती थालिएको हो । 

चालू आवमा रु १० लाख विनियोजन गरी कन्दमूल खेती विस्तार गर्न लागिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । कन्दमूल खेती गर्न इच्छुक किशानलाई संगठित गरी यसवर्ष छ क्विन्टल कन्दमूलको बीउ वितरण गरिएको उहाँले बताउनुभयो । प्रतिकृषक पाँच किलोदेखि १० किलोसम्म ८० जनाभन्दा बढी कृषकलाई तरुल, वनतरुल, भ्याकुर, गिठाजस्ता कन्दमूलको बीउ वितरण गरिएको हो । 

सदरमुकाम कुश्माबजारसँगै जोडिएको वडा नं ७ मा प्रशस्त पाखो बारी र खाली जमिन रहेकाले त्यसको उपयोग गरी आम्दानी गर्न सकिने देखिएपछि सो खेती शुरु गरिएको हो । एउटा कृषकले रु एक लाखदेखि रु चार लाखसम्म आम्दानी गर्न सक्ने कुश्मा नगरपालिकाका कृषि अधिकृत सोनी राना बताउनुहुन्छ । 

बजारको समस्या नहुने कन्दमूल खेती समूहका अध्यक्ष बालकृष्ण शर्माले बताउनुभयो । अहिले रोपिएको १० किलोबाट एउटा कृषकले पहिलो वर्षमै रु एक लाखभन्दा बढी आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो । नगरका अन्य वडा र अन्य गाउँपालिकाले समेत कन्दमूल खेती शुरु गर्ने योजना बनाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य