2026-09-16 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

कृत्रिम गर्भाधान सँगै किसानको आर्थिक जीवनस्तरमा सुधार

माघ १८, इलाम | जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दूध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ । 

आव २०७३÷७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । 

पशुलाई कृत्रिम गर्भाधान गराउन किसान आजभोलि पशुसेवा प्राविधिकलाई सम्पर्क गर्न थालेका छन् । कृत्रिम गर्भाधानले दूध उत्पादन बढ्दै गएको किसानको भनाइ छ । गर्भाधानका लागि गाईलाई थला सार्नु नपर्ने, सजिलो हुने, समयको बचत हुने र चाहेको जातको सिमेन मगाई बाँच्छाबाँच्छी चाहेकै जातको उत्पादन गर्न सजिलो हुने भएकाले कृत्रिम गर्भाधान गर्न थालिएको हो । यसरी उत्पादन गरेको प्रजननयोग्य बाच्छी गाउँ तथा छिमेकी जिल्लामा बिक्री गर्ने गरेका छन् । 

जिल्लामा झण्डै ३५ वर्ष अगाडिदेखि नै कृत्रिम गर्भाधान शुरु भए पनि चार वर्ष अघिदेखि जिल्ला पशुसेवा कार्यालयले थालेको अभियानको प्रभावले नश्ल सुधारसँगै दूध उत्पादनसमेत बढ्न थालेको पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्की बताउनुहुन्छ । जिल्लामा दर्ता भएका र नभएका गरी २०० भन्दा बढी दुग्धजन्य उद्योग रहेका छन् । 

जिल्लामा आव २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको थियो भने आव २०७२÷७३ मा एक लाख २१ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएको थियो । सरदर प्रतिलिटर रु ३८ देखि रु ४५ का दरले दूध बिक्री भएको छ । दूध बिक्रीबाट रु चार अर्ब ७० करोड ६० हजार किसानले आम्दानी गरेका छन् । जिल्लामा उन्नत जातको करिब ४० हजार दुधालु गाई रहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल