कुनै ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुनै ब"/>
2026-09-08 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारी उत्पादनमा आत्मनिर्भर मुगु हिन्दीकाद गाँउ

दान बहादुर बुढा | फागुन ११, मुगु | जिल्लाको छाँयानाथ रारा नगरपालिका ३ वडामा रहेको हिर्नीकाँद गाँउ हिजो आज तरकारी उत्पादन बाट आत्मनिर्भर भएको छ ।

कुनै बेला यो  गाँउका मानिसहरु हरियो तरकारीको नाम मात्र सुन्ने गरेका थिए तर पछिल्लो समयमा तरकारी खेतिलाई व्यवसायिक बनाए पछि यस गाउँ स्थानीयवासीहरुको आम्दानीको मुख्य स्रोत नै तरकारी खेति भएको छ । सदरमुकाम गमगढी बजार सम्मको पहुँच सहज भएकाले किसानले उत्पादन गरेको तरकारीहरु बजारमा  विक्रि हुने गरेको छ । बजारमा तरकारीको माग  बढी रहेको हुँदा यस गाँउका स्थानिय बासीहरु हिजो आज तरकारी खेतीमा ब्यस्त हुने गरेका छन । यो ३६ घर धुरी भएको गाँउमा बाह्रै महिना तरकारी उत्पादन हुने गरेको छ  ।

 यहाँका स्थानीयवासीले मौसम अनुसारको तरकारी खेति गर्ने र तरकारी खेतिबाट नै बालबालिकाको पढाई खर्च घर खर्च धानि रहेका छन ।  प्रायः गरि चुल्हो चौकोमा सिमित हुने महिलाहरु व्यवसायिक तरकारी खेतिमा लागेका र उनिहरुले एक सिजनमा दुई तिन लाखसम्म आम्दानी गर्ने गरेको, आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाई रहेको स्थानीय बासीहरुले बताउ छन ।

 हिउँदको समयमा गाउँका ३६ वटै घरधुरीले आफ्ना बारीमा प्लाष्टिक घर निर्माण गरि तरकारी उत्पादन गरिरहेका छन । अहिले प्लाष्टिक घर भित्र हरियो तरकारीका साथै काँक्रा, फर्सी, टमाटर, खुर्सानी, भेण्टा, तिते करेला,गाँजर, प्याज, चिचिण्डा लगायतका तरकारी तथा मसलाका वेर्ना उमारि सकेका छन । अहिले उमारेका विरुवा चैत्र पहिलो साता भित्र बारीमा सारेर वैशाखमा नै बजारमा पुर्याउन सकिने र बजार नजिक भएकै कारण अन्य अन्न बाली भन्दा तरकारीबाट फाईदा हुर्ने बालबच्च पढाउन सकिर्ने स्थानीय कृषक बल बुढाले बताएका छन  ।

 बजारमा तरकारी बेचेको केही रकमले नुन ,तेल लगायत औषधी उपचारमा खर्च गर्ने , बालबच्चाको पढाईमा खर्च गरेर बचेको बार्षिक प्रति घर ८०हजार देखी १ लाख सम्म रकम बैंकमा जम्मा गर्ने गरिरहेको अर्का स्थानीय सन्तरुपा कार्कीको भनाई छ । हरेक घरधुरीले बर्षमा डेढ देखि तिन लाखसम्म तरकारी बेचेर बचत गर्ने गरेका छन । व्यवसायिक तरकारी खेतिबाट आम्दानी मात्र हैन गाउँका बालबालिका महिलाको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । विगतमा दाल भात, रोटी दाल लगायत सुख्खा खाना खाने स्थानीयवासीहरु अहिले विहान वेलुका नियमित रुपमा हरियो साग पात र तरकारी खाने बानी परिसकेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल