कृषी तथा खाद्य सुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृषी तथा खाद्य सुर"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोल्पामा अष्टोलप जातको कुखुरा महिला कृषकलाई प्रदान गरियो

१४ फाल्गुन २०७४, सोमबार ०७:१०

टेकबहादुर शाही/फागुन १४, डोल्पा । डोल्पा जिल्लाका कृषकलाइ न्यू हेण्टपसाया अष्टोलप जातका कुखुरा ४० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । 


कृषी तथा खाद्य सुरक्षा आयोजना अन्तरगत (एफएसपि)कार्यक्रम मार्फत जिल्ला पशुसेवा कार्यालय मार्फत जिल्लाका १० वटा कृषकलाइ प्रदान गरिएको जिल्ला पशुसेवा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

जिल्लाको ठुलीभेरि नगरपालिकाको माझफालका २ महिला कृषक समूह,जुफालका ३ महिला समुह र त्रिपूरा सुन्दरी नगरपालिका त्रिपूराकोटमा १,ल्हाँमा २ र सूंमा २ समुह गरि जम्मा १० वटा महिला कृषक समुहलाइ प्रति समूख १ सय ५० कुखुराका चल्ला बितरण गरिएको कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तरगत पशु सेवाका जिल्ला सँयोजक डिटियो डक्टर नवराज अधिकारीले जानकारि दिए ।

हरेक बालवालिकाको पौष्टिक आहारामा महिलाहरुले नै पहिले सोच्ने र ध्यान राख्ने भएकोले कुखुरा पालनबाट महिलाहरुले आम्दानीको स्रोत बनाउनका साथै वालवालिको पौष्टिक आहारा उत्पादनमा सहयोग पुग्ने भएकोले पनि कुखुरा पालन महिला कृषकका लागि प्रभाबकारी हुने जिल्ला पशु सेवाका कार्यालयको दावी रहेको छ । 


कृषकलाइ आम्दानीको स्रोत बनाउनका साथै पौष्टिक आहारा उत्पादनको लागि सहयोग मिलोस भन्ने उद्धेश्यले ४० प्रतिशत अनुदानमा कृषकलाइ अनुदानमा अष्टोलप जातको कुखुरा प्रदान गरिएको बरिष्ठ पशुचिकित्सक चन्द्रलाल धरालाले जानकारि दिए । उनका अनुसार नेपालगञ्जको कुखुरा फर्मबाट खोप लागएर स्वास्थ्य परिक्षण गरेर जिल्लामा कृषकलाइ प्रदान गरिएको बताए ।

समुहमा रहेका प्रत्यक घरधुरिले ६ देखि ८ वटा सम्म कुखुराको चल्ला पाउने र त्यसबाट राम्रै आम्दानी हुने वेलकम महिला कुखुरा पालन कृषक समसहकी अध्यक्ष लक्ष्मी शाहीले जानकारि दिइन । उनले भनिन कुखुराको पालनमा दानाको समस्या आउने गर्दछ चिसोमा अलि धेरै नै मेहेनत गर्नु पर्दछ । उनले भिनन ६० प्रतिशत समुहले दिन्छ ४० प्रतिशत र नेपालगञ्ज देखि डोल्पामा सम्मको ढुवानी कार्यालयले ब्यहोर्ने गरेको छ ।

समुहले समूहका सबै घरधुरिमा बितरण गरेका कुखुराको चल्लाबाट आम्दानी राम्रै हुने तर सरकारले कम्तीमा ९० प्रतिशत अनुदानमा दिए अझै कृषकलाइ सहज हुने बाबिरो कुखुरा पालन समसहकी अध्यक्ष मनकला डागीले बताइन । उनका अनुसार कुखुरा पालन गरेर ५ हजार सम्मका कुखुराका भाले बिक्री गरेको अनुभब सुनुनाइन । उनी भन्छीन कृषकलाइ कुखुरा पालनको तालिम र आवास्यक औषधिको आवास्यक्ता गर्दछ जिल्लामा कुनै एग्रोभेट छैन । 


जिल्लाका तिनवटै कार्यालयको उद्धेश्य भनेको महिलाहरुलाइ आत्मनिर्भर बनाउने र सहज रुपमा पौष्टिक आहाराको उत्पादन तथा बितरण गर्नु भन्ने रहेको जिल्ला स्वास्थ्य प्रमुख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिए । 

उनका अनुसार फलफुल तथा अन्य मासुजन्य कुराहरु सहजै नापाउने भएकोले पनि कुखुरा पालन प्रभाबकारि हुने बताए । कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशुसेवा कार्यालयको संयोजकत्वमा जिल्ला स्वास्थ्य र जिल्ला कृषि बिकास कार्यालय मार्फत सञ्चालीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता