2026-10-18 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

व्यावसायीक तरकारी खेती आम्दानीको स्रोत, बाझै नराख्न कृषकलाई अनुरोध

फाल्गुन १४, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीले व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएकाले खेतबारी बाँझै नराख्न कृषकलाई अनुरोध गर्नुभएको छ । 

रोजगारीको लागि खाडीमुलुक जानु भन्दा युवापुस्ताले आफनै बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुपर्ने बताउनुभयो । 

सन्धिखर्क नगरपालिकाको व्यावसायीक तरकारी उत्पादन आयोजना अन्तरगतको मौसमी तथा बेमौसमी तरकारी खेतीको घुम्ती स्थलगत तालिमको आज बिहारमा समापन गर्दै चुँदालीले कृषिमा आधुनिकीकरण गरी थोरै जग्गामा धेरै उत्पादन गरेर  आम्दानी बृद्धि गर्ने  काममा वडा कार्यालयले कृषकलाई भरपुर सहयोग गर्ने बताउनुभयो । 

तालिमका मुख्य प्रशिक्षक जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत नन्दलाल पाण्डेले तालिममा सिकेका कुरा व्यावहारमा उतारेर सबै कृषक व्यावसायीक बन्नुपर्ने बताउनुभयो । तालिममा ३० जना महिला कृषक सहभागी भएको पत्रकार वीरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु