Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २२ गते, अपराह्न ५:२५ बजे कृषि गतिबिधी, सल्यान - SLN

सल्यानमा व्यवशायीक बाख्रापालन तालिम शुरु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, सल्यान। बाख्रापालन पेशालाइ व्यवशायीक बनाउन सल्यानको कपुरकोट गाउँपालिकाले आज मंगलबारदेखि तालिम शुरु गरेको छ ।

वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसरि व्यवशायीक बन्ने भन्ने बारेमा तीनदिने तालिम शुरु गरिएको गाउँपालिकाले जानकारि दिएको छ ।

तालिममा साविकको रीम र सारपानी गर्पा गाविसका ३० जना किसान सहभागी छन् । तालिमको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बाख्रापालनमा संलग्न कृषकहरुलाई सिप र ज्ञान दिने उदेश्यले तालिमको आयोजना गरिएको बताए । अझै पनि बाख्रापालन निर्वाहमुखी रहेको र कृषकहरूमा व्यावसायिक बाख्रापालन सम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्था रहेको उनले बताए ।

तर अव वाख्रापालन व्यवसायलाई विस्तार गर्न नयाँ नीति र योजनाका साथ आफुहरुले काम गर्ने अध्यक्ष सेनले बताए । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष याम कुमार वस्नेत, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मान बहादुर राना, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा लगाएतकाले बोल्दै ठाउँ र हावापानी अनुसारका बाख्राको जात पाल्नुपर्नेमा जोड दिएका थिए ।

तीन दिन सम्म चल्ने तालिममा बाख्राको खोर व्यवस्थापन, आहारा, प्रजनन, रेकर्ड किपिङ, पशु स्वास्थ्य, उपचार तथा बजारिकरणका बारेमा प्रशिक्षण दिइने कपुरकोट पशु सेवा शाखाका पशु चिकित्सक कमल कुशुम आचार्यले बताएका छन् । सम्बन्धीत वडा कार्यालयबाट छनौट भएर आएका किसानहरुलाइ पशु चिकित्सक आचार्य र पशु स्वास्थ्य प्राविधिक कमल रेग्मीले तालिम दिइरहेका छन् ।।