2026-09-16 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा अदुवा बिक्री नहुँदा किसान मारमा

फागुन २४, खोटाङ | उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । 

जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । 

जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईले बताउनुभयो । “गत वर्षमा अदुवा बिक्रीबाट लाखौँ आम्दानी हुन्थ्यो,” उहाँले भन्नुभयो, “यस वर्ष बिक्री नभएपछि आँगनमै चाङ लगाएर राख्न बाध्य भएका छौँ ।” 

विसं २०७१ मा प्रतिकिलो रु ८० देखि रु १५० सम्ममा बिक्री भएको अदुवाको बजार भाउ तीन वर्षयता ओरालो लागेको छ । हाल अदुवाको बजार भाउ प्रतिकिलो रु २० देखि रु ४५ सम्म कायम छ । अदुवा खरिदका लागि यसअघि काठमाडौँ तथा तराईका इटहरी, कटारी र गाईघाटबाट व्यापारी आउने गरेका थिए । यस वर्ष काठमाडौँ तथा तराईबाट कोही नआएको किसानले बताएका छन् । 

बजार नपाएपछि मकै बालीसँगै अदुवा खेती गर्दै आएका किसान आगामी वर्ष अदुवा खेती छोडेर मकै खेती मात्र गर्ने तयारीमा छन् । किसानको समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि दुईवटा ठाउँमा जग्गासमेत हेरिसकेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल