Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २९ गते, दिउँसो २:४७ बजे अर्घाखाँची - AGK, कृषि गतिबिधी

समाजको आर्थिक समृद्धिका लागी कृषिमा लगानी गर्न सुझाव

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९,अर्घाखाँची | सहकारी संस्थाहरुले आफ्नो रकमलाई व्याज आर्जनमा लगानी गर्नुभन्दा कृषि तथा पशुपालनमा लगानी गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

सन्धिखर्कमा अवस्थीत बिभिन्न सहकारीमा आबद्ध कृषकहरुको सशक्तिकरणको निम्ती संचालन गरिएका परियोजना अवलोकनको क्रममा बोल्ने वक्ताहरुले सहकारीको लगानी ब्याज आर्जनमा भन्दा ब्याबसायीक कृर्षीमा हुन सकेमा मात्र समाजले आर्थिक समृद्धि पाउने भन्दै कृषि क्षेत्रमा लगानी गर्न सहकारीलाई सुझाव दिएका छन् ।

जिविकोपार्जन तथा सशक्तिकरण परियोजना अन्तर्गत जनचेतना सरोकार मञ्च अर्घाखाँचीद्धारा संचालित बिभिन्न आयोजना र अक्फार्मको अनुगमनमा बोल्ने सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख ऋषी पुलामी,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,भूमिकास्थान नगर प्रमुख रेशम थापा,सम्बन्धित वार्डका वडा अध्यक्षहरु,जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.लोकनाथ पौडेल,जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत नन्दलाल पाण्डे,जिल्ला बन कार्यालयका रेन्जर सुमन पाण्डे र पत्रकार महसंघका कोषाध्यक्ष विनोद गैरे लगायतको बिशेष उपस्थिति रहेको थियो ।