२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापाका गौतम गाईपालनबाटै मासिक लाख भन्दा बढी कमाउछन

२०७४, ८ चैत्र बिहीबार १०:५४

चैत ८, झापा | स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ । 

कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किनुभयो । 

“स्वदेशमै केही गर्नुपर्छ भनेर आएँ,” उहाँले भन्नुभयो । अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेको गौतम बताउनुहुन्छ । उहाँले रु २५ लाखको लागतमा प्रतीक पशुफार्म दर्ता गरेर गाईपालन गर्दै आउनुभएको छ । फार्ममा हाल ३० वटा साना–ठूला गाई छन् । दैनिक २०० लिटर दूध उत्पादन हुन्छ ।

“गोठबाटै प्रतिलिटर रु ६० मा दूध बिक्री हुन्छ,” उहाँले भन्नुभयो । गौतमले १२ बिघा जमिनमा घाँस, मकैलगायत खेती गर्दै आउनुभएको छ । दूध, गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर उहाँले मासिक रु एक लाख २० हजारसम्म बचत गर्दै आउनुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै