२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सेनाको सहयोगमा बृद्धा आश्रममा ‘कुखुरा खोर’ निर्माण

२०७४, १२ चैत्र सोमबार १५:४९

पहिलाद राना | चैत्र १२, कंचनपुर | नेपाली सेनाको सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाआश्रममा) ‘कुखुराको खोर’ निर्माण भएको छ । व्यवसायिक रुपमा कुखुरा पाल्नका लागि भवानी बक्स गणले एक खोर निर्माण गरेको हो । 

महिला तथा बृद्ध सेवा केन्द कञ्चनपुरका अध्यक्ष शारदा चन्दले सेनाको सहयोगमा १०० वटा कुखुरा पाल्न सक्ने क्षमताको खोर निर्माण गरिदिएको बताए । उनका अनुसार जस्तापातावाला खोर निर्माण गरिएको हो । बृद्ध आश्रमको स्थायी आयको स्रोतका लागि स्थानीय र गिरीराज जातका कुखुरा पाल्ने योजना रहेको अध्यक्ष चन्दले बताए । यस्तै मझगाँउमा रहेको सेनाको भवानी बक्स गणले नै बृद्धसेवा केन्द्रमा दुई चौतारा समेत निर्माण गरेको छ । भवानी बक्स गणका गणपति दिपक भण्डारीले समाजिक सहयोगका लागि बृद्धसेवा केन्द्रमा सहयोग गरेको बताए । 

बृद्धसेवा केन्द्रमा कुखुरा पाल्नका लागि खोर निर्माण भएसंगै कुखुरा पाल्न सहज भएको छ । यस्तैगरि बृद्धसेवा केन्द्रमा सोमबारदेखि हिंसा पीडित महिलाका लागि कुखुरापालन तालिम समेत शुरु भएको छ । पुर्ण सरसफाई अभिमुखिकरण कञ्चनपुरलाई पुर्ण सरसफाई गर्ने उदेश्यका साथ महेन्द्रनगरमा सरोकारवाला निकायसंग अभिमुखिकरण गरिएको छ । सोमबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरले जिल्लाका मुख्य सरोकारवाला संग अभिमुखिकरण गरेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरका शाखा अधिकृत गौराज बहादुर लिम्बुले रणनीति बनाएर जिल्लालाई पुर्ण सरसफाई गर्ने उदेश्यका साथ अभिमुखिकरण गराईएको बताए । उनका अनुसार सरसफाईको गुरुयोजना निर्माण, मार्गदशन सिद्धान्त, अनुसार पुर्ण सरसफाईको अभियानमा जुटिनेछ । गत माघमा कञ्चनपुरलाई खुलादिशामुक्त घोषणा गरिएको अवस्थामा अब सरसफाईको अवस्था सुधार गर्दै पुर्ण सरसफाई गरिने बताए । 

राष्ट्रिय सरसफाई प्रशिक्षक कमल अधिकारीले सरसफाई सम्बन्धीको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी, निजी व्यवसायी क्षेत्रका प्रतिनिधीले सरसफाईका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस