२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अदुवाको मूल्य नपाउँदा कैलालीका किसान मारमा

१४ चैत्र २०७४, बुधबार १०:०४

चैत १४, धनगढी | कैलालीको पहाडी क्षेत्रमा उत्पादन हुदैँ आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् । 

मूल्य नपाएपछि उत्पादन भएको अदुवा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको स्थानीय कृषक करन जेठाराले बताउनुभयो । एक वर्षअघिसम्म प्रतिकिलो काँचो अदुवा रु ६० देखि रु ७५ को दरले बिक्री गर्न पाएका कृषक यसवर्ष बढीमा प्रतिकिलो रु २२ मा बिक्री गरिरहेका छन् । 

जिल्लामा उत्पादित अदुवा यसवर्ष भारत निर्यात हुननसकेका कारण मूल्य नपाएको अर्का किसान शेरबहादुर मन्नीले बताउनुभयो । सुन्तला उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको साविकको निगाली गाविसमा स्थानीय कृषकले सुन्तलाखेती गरिएको जग्गामा अदुवाखेती गर्ने गरेका छन् । 

सुन्तलाको बोटमुनिको जग्गामा अदुवाखेती गर्न सकिने भएपछि दुवै बालीको खेती गरेर किसानले आम्दानी गर्दैआएका छन् । अदुवाले बजार नपाउँदा समस्या भएको जेठाराले बताउनुभयो । 

कैलालीसँग जोडिएको डोटीको दक्षिणी भेगका लाना, मान्नाकापडी, सिमचौर, घाँगललगायत क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत अदुवाखेती हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले नेपालमा उत्पादन हुने अदुवाको बजार भारत मात्र भएको अवस्थामा त्यहाँ ठूलो परिमाणमा अदुवा उत्पादन हुँदा नेपाली अदुवाको माग घटेका कारण समस्या भएको बताउनुभयो । 

कैलालीको सहजुपुरमा स्थापना गरिएको अदुवा प्रशोधन केन्द्रले ठूलो परिमाणमा अदुवा खरिद गर्न नसक्दा किसानले उत्पादन गरेको अदुवा बिक्री हुनसकेको छैन । जिल्लाको साविक सहजपुर, निगाली र खैराला गाविसका साथै यी गाविससँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत गाविसमा वर्षेनी उत्पादन हुने अदुवामध्ये करीव ८० प्रतिशत परिमाणको काँचो अदुवा भारत निकासी हुने गरेकोमा यसवर्ष निर्यात् हुन सकेको छैन । कैलाली र डोटीमा यसवर्ष झण्डै १२ हजार मेट्रिक टनभन्दा बढी अदुवा उत्पादन भएको थियो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य