२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अदुवाको मूल्य नपाउँदा कैलालीका किसान मारमा

२०७४, १४ चैत्र बुधबार १०:०४

चैत १४, धनगढी | कैलालीको पहाडी क्षेत्रमा उत्पादन हुदैँ आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् । 

मूल्य नपाएपछि उत्पादन भएको अदुवा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको स्थानीय कृषक करन जेठाराले बताउनुभयो । एक वर्षअघिसम्म प्रतिकिलो काँचो अदुवा रु ६० देखि रु ७५ को दरले बिक्री गर्न पाएका कृषक यसवर्ष बढीमा प्रतिकिलो रु २२ मा बिक्री गरिरहेका छन् । 

जिल्लामा उत्पादित अदुवा यसवर्ष भारत निर्यात हुननसकेका कारण मूल्य नपाएको अर्का किसान शेरबहादुर मन्नीले बताउनुभयो । सुन्तला उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको साविकको निगाली गाविसमा स्थानीय कृषकले सुन्तलाखेती गरिएको जग्गामा अदुवाखेती गर्ने गरेका छन् । 

सुन्तलाको बोटमुनिको जग्गामा अदुवाखेती गर्न सकिने भएपछि दुवै बालीको खेती गरेर किसानले आम्दानी गर्दैआएका छन् । अदुवाले बजार नपाउँदा समस्या भएको जेठाराले बताउनुभयो । 

कैलालीसँग जोडिएको डोटीको दक्षिणी भेगका लाना, मान्नाकापडी, सिमचौर, घाँगललगायत क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत अदुवाखेती हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले नेपालमा उत्पादन हुने अदुवाको बजार भारत मात्र भएको अवस्थामा त्यहाँ ठूलो परिमाणमा अदुवा उत्पादन हुँदा नेपाली अदुवाको माग घटेका कारण समस्या भएको बताउनुभयो । 

कैलालीको सहजुपुरमा स्थापना गरिएको अदुवा प्रशोधन केन्द्रले ठूलो परिमाणमा अदुवा खरिद गर्न नसक्दा किसानले उत्पादन गरेको अदुवा बिक्री हुनसकेको छैन । जिल्लाको साविक सहजपुर, निगाली र खैराला गाविसका साथै यी गाविससँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत गाविसमा वर्षेनी उत्पादन हुने अदुवामध्ये करीव ८० प्रतिशत परिमाणको काँचो अदुवा भारत निकासी हुने गरेकोमा यसवर्ष निर्यात् हुन सकेको छैन । कैलाली र डोटीमा यसवर्ष झण्डै १२ हजार मेट्रिक टनभन्दा बढी अदुवा उत्पादन भएको थियो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस