२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन

१५ चैत्र २०७४, बिहीबार ०५:५६

चैत १५, पर्वत | जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । 

कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), छोडाउने (कन्सेलर) र खोल्स्याउने मेसिन किसान समूहलाई वितरण गरेको हो । बारीमा पावरटिलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलोपटक भित्रिएको हो । 

कार्यालयमा बुधवार आयोजित कार्यक्रममा फलेवासको वडा नं. १ कार्कीनेटाको अन्नपूर्ण दुग्ध सहकारी संस्था, शंकरपोखरीको शिवशंकर कफी सहकारी र मुडिकुवाको तल्लो सेराफाँट कृषक समूहलाई मेसिन हस्तान्तरण गरिएको हो । रु ६५ हजार पर्ने मिनी पावरटिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्ने वरिष्ठ कृषि अधिकृत बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मकै जोन कार्यालयले पाइलट प्रोजेक्टका रूपमा न्यूनतम २० रोपनी जमिनमा अनिवार्य मकै लगाउने समूहलाई मेसिनसहितको हलो वितरण गरको छ । समूहमा आवद्ध किसानलाई कार्यालयले चालू वर्ष २० रोपनीका लागि आवश्यक मकै बीउ, मल र आवस्यक परे विषादीसमेत अनुदान दिने कार्यक्रम छ । 

‘यो नयाँ अभ्यास हो,’ कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “सफल भए अर्को वर्षदेखि कार्यक्रम र मेसिन थप्छौं ।” पावरटिलरमा मकै लगाउने मेसिन (सिडर ) को सहायताले मकै रोप्दा २० जनासम्म कामदारको श्रम घट्ने कृषि प्राविधिकहरु बताउँछन् । सिडर जडित टिलर एक्लै चलाउन मिल्ने उहाँले बताउनुभयो । 

गाउँमा जनशक्तिको अभाव र गोरु पाल्ने प्रचलन हट्दै गएका बेला यो मेसिन बढी उपयोगी हुने कृषकको भनाई छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य