२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आधुनिक कृषि प्रणाली तर्फ सबै कृषकहरु अघि बढनु पर्नेः नगरप्रमुख बोहरा

१५ चैत्र २०७४, बिहीबार १५:५०

कमल रावल, | चैत १५, अछाम | मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले परम्परागत कृषि प्रणाली भन्दा आधुनिक कृषि तर्फ सबै कृषकहरु अघि बढनु पर्ने बताउनु भएको छ । 

मंगलसेन नगरपालिकाको वडा नम्बर १ र ३ मा संञ्चालित खाद्य सुरक्षा कार्यक्रमको अनुगमनको क्रममा वडा नम्बर १ को कुन्तिमा भएको कृषकसँगको छलफलमा बोहराले कृषकलाई आत्म निर्भर बनाउन नगरपालिका मार्फत थुप्रै कार्यक्रम संञ्चालन भएकाले सबैले यसको सही सदुपयोग गर्नु पर्ने बताउनु भयो । कृषि खेती गरिरहदा कुन्तिका कृषकको पानीको समस्यालाई समाधान गर्न आफु लागि पर्ने बताउनु भयो । 

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कृषि बिकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय मार्फत संञ्चालित बाख्रा पालन, खोण ब्याबस्थापनको अबस्था, गहु तथा आलुमा कृषि मार्फत पाठशाला, खानेपानी योजना, सुनौला हजार दिन मार्फत ब्याबहार परिवर्तको बारेमा जानकारी लिईएको थियो । समुदायको जिबिको पार्जनका लागि वडा नम्बर ३ बिरोल तोली टोल र वडा नम्बर १ को कुन्ति टोलमा २५÷२५ जनाको समुह मार्फत ६ लाख अनुदान सहीत ५० वटा उचित बाख्राका खोण बनाईएका छन । 


कृषकका लागी कुन्तिमा तरकारी खेतीका लागि सहयोग गरिएको थियो । अनुगमन पछी कृषकसँग गरिएको अन्तरक्र्रियामा सहयोगले आफुलाई कृषि पेशामा आत्म निर्भर बन्न टेवा पुगेकाले आगामि दिनमा अझै सहयोग अपेक्षा रहेको बताएका थिए । तरकारी खेती गरिरहदा पानीको समस्या रहेकाले नगरपालिकाले पानीको ब्याबस्थापनका लागि सहयोग गर्नु पर्ने माग गरेका थिए । अनुगमन टोलीले कृषकलाई गएको सहयोगले किसान आत्म निर्भर बन्दै गएकाले कार्यक्रम प्रभाबकारी भएको बताएका थिए । 

अनुगमन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, कार्यकारी अधिकृत गणेश प्रसाद जैसि ढुगाना, सबै वडाका वडा अध्यक्ष, जिल्ला पशुसेवा कार्यालय, रुडेक नेपालका कर्मचारी, जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो । साथै उहाँले आजै कुन्तिवण्डाली स्वास्थ्य चौकीको अबस्थाको बारेमा जानकारी लिनु भएको छ । साथै नगरप्रमुख बोहराले स्वास्थ्य संस्थामा भौतीक अबस्था नाजुक भएकाले आगामी दिनमा समस्या समाधानका लागि पहल गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने