२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै

२०७४, १६ चैत्र शुक्रबार ०६:५०

चैत १६, अछाम | मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो । 

मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्दजस्तै रहेको बताइएको छ । १० वटै स्थानीय तहमध्ये पशुपालनका लागि भूगोल, भौगोलिक, वातावरणीय रुपमा सन्तुलित र बाख्रापालनका दृष्टिकोणले निकै उपयुक्त क्षेत्र भएका कारण मेल्लेख गाउँपालिका क्षेत्रभित्रका किसान पशुपालन गरेर आत्मनिर्भर भएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताउनुभयो । 

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार प्रत्येक वडाका कृषकसँग तीन हजार बढी बाख्रा रहेका र वडा नम्बर १ र २ ऋषिदहमा भेडापालनसमेत भइरहेको छ । गाउँपालिकाभरि ३० हजारको हाराहारीमा बाख्रापालन भइरहेको छ भने दूधजन्य उत्पादनका लागि पालिने पशुवस्तुको समेत राम्रो सम्भावना रहेको रोकायाको भनाइ छ । 

गाउँपालिकाले एक गाउँ एक उत्पादन नीति लिएर पशुपालनलाई पनि उच्च महत्व दिएर काम कार्य अघि बढाइरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । गाउँपालिका, पशु सेवा कार्यालय र शाखामार्फत विभिन्न अनुदान सहयोग र आवश्यक प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिएपछि किसानलाई पशुपालनका लागि निकै सहज भएको बताइएको छ । 

यस वर्ष पनि गाउँपालिकाबाट पशु सेवातर्फ झण्डै रु २० लाख रकम विनियोजित गरी आवश्पक प्रचारप्रसार, घाँस विकास, औषधि खरिद र किसानलाई अनुदान सहयोगलगायतका कार्यक्रम अघि बढाएको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी